तीन महिनामा ‘महिला हिंसा’का ४ सय उजुरी दर्ता

156

कार्तिक ८,
काठमाडौँ । पछिल्लो तीन महिनामा राष्ट्रिय महिला आयोगमा महिला हिंसा र घरेलु हिंसासम्बन्धी साढे चार सय उजुरी परेको छ । चालु आर्थिक वर्षको गत साउनदेखि कात्तिक ७ गतेसम्ममा आयोगमा सीधै र आयोगले सञ्चालन गरेको निःशुल्क सेवा ११४५ मार्फत ४५१ उजुरी परेको आयोगले जनाएको छ । यहाँ आज आयोजित अन्तत्र्रिmयामा आयोगका सचिव अनिलकुमार ठाकुरले पहिलेको तुलनामा पछिल्लो पटक आयोगमा महिला हिंसासम्बन्धी उजुरी झन् झन् बढ्दै गएको बताउनुभयो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव बुद्धिबहादुर खड्काले महिला हिंसा अन्त्यका लागि भएका ऐन/कानूनको कडाइका साथ कार्यान्वयन गर्नाका साथै चेतना फैलाउनुपर्नेमा जोड दिनुभयो । नेपाल प्रहरी, महिला बालबालिका सेवा निर्देशनालयका प्रहरी उपरीक्षक किरण रानाले दिन प्रतिदिन महिला हिंसाका घटना बढ्दै गएको बताउँदै महिला हिंसा अन्त्यका लागि पुरुषको पनि उत्तिकै हात हुने धारणा व्यक्त गर्नुभयो । महिला अधिकारकर्मी रमा पराजुलीले बलात्कारका घटनामा संलग्न दोषीलाई सरकारले कारवाही गर्न नसकेको आरोप लगाउनुभयो । रासस