सेन्सर पास भएसँगै ‘चङ्गा चेट’ पोस्टर सार्वजनिक

221

कार्तिक ९,
काठमाडौं । दीपेन्द्र के.खनाल निर्देशित मल्टिस्टारर फिल्म ‘चङ्गा चेट’ को सेन्सर पास भएसँगै पोस्टर सार्वजनिक भएको छ । कार्तिक १६ गते रिलिज डेट नजिकिदै गर्दा तीन वटा पोस्टर सार्वजनिक गरेको छ । फिल्मले सेन्सरबाट पिजी प्रमाण पत्र पाएको छ ।कमेडि जनरामा तयार पारिएको चङ्गा चेट फिल्म हेर्न १६ वर्ष मुनिका बालबालिकाहरुले अभिभावकको निगरानीमा रहर्नु पर्नेछ । काठमाडौमा बसेको युवाहरुको पैसा कमाउने जोस र रोजगारीको समस्यालाई फिल्मको कथामा समेटिएको छ । यस फिल्मको ‘गोजीमा दाम छैन’ गीत हिट भएपछि एक पोस्टरमा गोजीमा दाम नभएको देखाईएको छ । अर्को पोस्टरमा सुरक्षा पन्त, आयुष्मान देशराज जोशी, सन्दिप क्षेत्री र रविन्द्र झा कैदीको रुपमा देखिएका छन् । केहि समय अघि सार्वजनिक गरिएको पोस्टरमा कलाकारहरुलाई चङ्गामा देखाईएको थियो । माधव वाग्ले र सर्मिला पाण्डेको संयुक्त निर्माण रहेको फिल्ममा कथा लेखन प्रदीप भारद्वाजको रहेको छ । राजनराज सिवाकोटी, अल्मोडा राना उप्रेती र अर्जुन पोखरेलको संगीत रहेको फिल्मलाई निरक कँडेलको छायांकन गरेका छन् । फिल्ममा आयुष्मान देशराज जोशी, सन्दिप क्षेत्री, रविन्द्र झा, प्रियंका कार्की, परमिता आरएल राना, सुरक्षा पन्तको मुख्य भुमिका रहेको फिल्ममा निश्चल बस्नेत, अर्पण थापा, बेनिशा हमाल र ऋचा शर्माको विशेष भूमिका रहेको छ ।