कविताः मैले याद पनि जलाएँ

195

-सुशिला पौडेल,
जलाएँ तिम्रो तस्बिर मैले याद पनि जलाएँ
सम्झिन्न तिमीलाई भनी मैले कसम खाएँ
थाहा थियो मलाई व्यर्थैको कोसिस हो मेरो
यो बुझी बुझी पनि त मैले धेरै बुझ पचाएँ ।

लाग्दैन तिमी विना जिउन सक्छु म त
बिछोडको आँसु पिउन सक्छु म त
चढाएँ मैले आफैंलाई प्रीति को बली चढाएँ
सम्झिन्न ।

तिम्रो जीतमा नै मेरो पनि जितै छ हेर
यो मन खुसी हुन्छ तिम्रै खुसी सम्झेर
लडेर आफू सधैं मैले तिमीलाई उठाएँ
सम्झिन्न ।।
-कपन, काठमाडौं