तिर्थ रेग्मी र यशोधा भट्टराइले पठाएको खण्डन

174

श्री
सम्पादक ज्यू,
रामेश्वर ढकाल

                              विषयः खण्डन सम्बन्धमा
उपर्युक्त सम्बन्धमा ‘नयाँ नेपाल’ अनलाइन पत्रिकाले केही दिन अगाडीबाट म तिर्थ रेग्मी र यशोधा भट्टराइको शृङखलाबद्द तरिकाले समाचार प्रकाशन गरेकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ । समाचारमा हामीलाई लगाईको आरोप झुटा र कपोकल्पीत भएको पनि हामी यहँलाई जानकारी गराउँदछौँ । तपाइको मिडियामा मेरा श्रीमती शयोधा भट्टराई र म तिर्थ रेग्मीको विषयमा समाचार प्रकाशन अगाडी केही जानकारी नलिएकोमा दुःख लागको छ । मलाई यो यसरी अप्रत्यासित तरिकाले समाचार प्रकाशन गर्नु पत्रकार आचारसंहिता विपरित भएको हामी ठहर गर्दछौँ । उक्त समाचारमा म र मेरो श्रीमती प्रति लगाइएको आरोप भ्रमक र कपोकल्पित भएको यहाँलाई जानकारी गराउँद छु । उक्त समाचारमा उल्लेख भएको कुरा मसँग कुनै सम्बन्ध नरहेकोले मैले खण्डन गरेको हुँ । तपाईले तपाईको मिडिया मार्फत पनि यो मेरो खण्डन बक्तब्यलाई प्रकाशन गरेर सहयोग पु¥याइदिन सादर अनुरोध गर्दछु । –तिर्थ रेग्मी र यशोधा भट्टराई । 

-पुनश्च:तिर्थराज रेग्मी र यशोदा भट्टराईले घरेलु कामदारको रूपमा महिलाहरुलाइ बिदेश पठाउने बिषयमा पीडितहरुले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय ,प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय ,मानव अधिकार आयोग लगाएमा परेको उजुरीहरु हामी संग प्रमाणका रूपमा भएको हुँदा श्रोत प्रती विस्वस्त छौ ।    -सम्पादक