सर्वोच्चमा हुकुमी शासन नै हो त ?

97
तस्विरः लेखक जम्बला लामा

-जम्बला लामा,
श्री ३ सरकार महाराजहरुको जस्तो हुकुमी शासन चलाएको हो की भन्ने जनसमुदायलाई महसुस भएको छ । मतलव साफ छ की सर्वोच्च अदालतको वर्तमान वहालवाला न्यायाधिस चोलेन्द्र शम्शेर ज.व.रा बाट भएको दुषित फैसलाहरुको अन्जामले देखाएको छ ।

व्याख्याः सर्वोच्च अदालतको संयुक्तइजलास माननीयन्यायधिस श्री चोलेन्द्र शंम्शेर ज.व.रा र माननीयश्री टंक बहादुर मोक्तानबाट फैसला ०७१–CI-१२०८ मुद्दा मोही नामसारी । काठमाण्डौंजिल्ला काठमाण्डौं महानगरपालिका वडा नं.६ बौद्ध तीनचुले बस्ने माइली तामाङ्ग लामा बादी पुनरावेदक
विरुद्द
काठमाण्डौंजिल्ला का.म.न.पा. वडा नं.६ बौद्ध स्थित शक्तिकार्पेट इन्डष्ट्रिज प्रा.लि.का संचालकभाई आफ्नो हकमा समेत तमदिनश्रेष्ठको छोरा का.जि.का.म.न.पा. वडा नं.६ तीनचुले बस्ने छेतेन ग्यूरमानश्रेष्ठ–––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––१
ऐ.जिल्ला ऐ.म.न.पा. वडा नं.६ बौद्ध तीनचुले बस्ने दोर्जे शेर्पाको छोरा आङदण्डी शेर्पा––––––१
आङदण्डी शेर्पाको पत्नी ऐ.ऐ. बस्ने मिङमा डोमा शेर्पा ––––––––––––––––––––––––––––––––१
टासीलामाको छोरा ऐ.ऐ. बस्ने दोर्जे लामा––––––––––––––––––––––––––––––––––––––––––१
नोरचुङ शाक्यकी छोरी ऐ.ऐ. बस्ने लक्ष्मीशाक्य––––––––––––––––––––––––––––––––––––––१
अन्तर्राष्ट्रिय बौद्ध प्रतिष्ठानको तर्फबाट अख्तियार प्राप्तकर्मा सामडुप गुरुङ्ग––––––––––––––––१
श्री पशुपतीनाथअमलकोट कचहरी काठमाडौंजिल्ला म.न.पा. वडा नं.९ देवपतन–––––––––१
श्री पशुपतीनाथ भण्डार तहवीलकार्यालय का.म.न.पा. वडा नं.९ देवपतन––––––––––––––––१

अर्थात परापूर्व कालदेखि नै माइली तामाङ्ग लामाको पतितथा ससुरा क्रमशः लालबहादुर तामाङ्ग र आइते सिंह तामाङ्गले जोताहाको तर्फबाट जोत कमोद गर्दै आएको बौद्ध ६ तीनचुले को माथि उल्लेखित विवादित जग्गाहरु कमोद गर्दै आएको लालबहादुर तामाङ्ग र आइते सिंह तामाङ्ग उनीहरुको कालगतिले परलोक भएको हुनाले २०२१ सालमा नै मोही कायम भएको र २ नं. अनुसुचीतथाजोताह अस्थाई निस्सा प्राप्त भइसकेको अवस्थाको जग्गामा भू–माफियाहरुको चलखेलको कारण पिडित पक्षकुनै कतैबाट नै सुनुवाई नभएपछी बाध्यतावस कारण पिडित माइलीतामाङ्गलामा काठमाण्डौं जिल्ला भूमिसुधार कार्यालयमा मोही नामसारीको निवेदनदिएको थियो । त्यसपश्चात वषौंबार लागेर अन्तिम २०६९।०४।२३ मा विद्धान भूमिसुधार अधिकारी दिनेश शर्माले सुरु तहदेखि नै दवाव मूलक दवावहरुलाई चिरेर उनले पिडित पक्ष नै मोहीनामसारी फैसला गरेको थियो । त्यसपछी प्रतिवादीपक्षले पुनरावेदन गरेर पुनरावेदनबाट पनिदुषित फैसलागर्ने न्यायधिस द्धाय नारायण प्रसाद दाहाल र नारायण प्रसाद शर्माले २०७१।०७।०९ मा यस्तो हुनै नसक्ने दुषित फैसला गरी आर्थिकको चलखेलबाट भएको जन समुदायमा व्यापक भएको थियो त्यतिखेर पनि ।

पुनरावेदन फैसलाको नतिजा
फिल्डबुक बाट देखिएको वादीलालबहादुर पिडित पक्षको ससुरा २०३२ सालमा परलोक भएको देखिएका छन् । तत् अवस्थाको कानूनले बुहारीमा मोही नामसारी हुने व्यवस्था गरेको पनि छैन । माइली तामाङ्ग लामाले विवादित जग्गा कहिल्यै पनि जोतभोग गरेकी छैनन् । यिनै जग्गा समेत सम्वन्धमा गुठी संस्थानको तर्फबाट केशवनाथ पौडेलले निर्णय वदर हककायम मुद्दा दिएकोमा म छेतेन ग्यूरमान समेतलाई बुझि अदालतबाट नाप नक्सा हुँदाको नक्सा मुचुल्कामा फिल्ड बुकको लालबहादुरको छोरा जयबहादुरको समेत उपस्थिती रहेको र निजले आफु वाआफ्नो परिवारले जग्गा कमाई आएको भन्न नसकेको बाट पनि विवादित जग्गामा विपक्षी माइली तामाङ्गको भोग नभई म छेतेन र मबाट लिने व्यक्तिहरुको भोग रहेको कुरा पुष्टि हुन्छ ।

वादीले दावी लिएको अन्य जग्गामा समेत वैकुण्ठ प्रसाद श्रेष्ठले खिचो लाहक कायम देखि लुटपिट समेतका विभिन्न मुद्दाहरु दिएको मानिज समेतले मुद्दा हारी अन्तिम रहेको मिसिल समेत मौजुदाहुँदाविवादको जग्गाको जग्गाधनि गुठी संस्थानवा रघुवर वैद्य नभई श्री पशुपतीनाथ जग्गाधनी हुन । अर्को व्यक्तिलाई जग्गाधनि देखाई हालकायम रहेको व्यक्तिको मोहीकायम गराई नामसारी गरी पाउँभन्ने दावीे अनुसार हुने होइन भन्ने समेत व्यहोराको छेतेन ग्यूरमान श्रेष्ठको संयुक्त प्रतिउत्तर पत्र । अतः यस्तो अन्धो कानून बनाउने पुनरावेदन कातत्काली नन्यायाधिस नारायण दाहाल र नारायण शर्मा माथि कारवाहीहुने कीनहुने । यो न्यायपरिषको आफ्नो कानुनी विचार हो ।

उच्चअदालतको निर्णय नै सदर
पिडित पक्ष उच्च अदालतले भूमिसुधारबाट मोहीको नामसारी हककायम गरी दिए भूमिसुधारको पवित्र निर्णयलाई भूमाफिया पक्षनै दुषित फैसला निर्णय भयो भनि पिडित महिलामाइलीतामाङ्गलामा सर्वाेच्चमा रिट दर्ता गरी न्यायमाग्नगएकोमा उल्टै सर्वोच्चबाट पनिअपमान, दुषित फैसला गरे । आँखामा पट्टी बाधि तराजु समाती न्यायधिसको अघिल्लो भागमा उभ्याएको कानूनको अन्धो देवीलाई नै अपमान हुने गरी हाल सर्वोच्चको वहालवाला न्यायाधिस श्री चोलोन्द्र शम्शेर ज.व.रा. ले २०७५ साल वैशाख ७ गते रोज ६ मागाई मारी गधा पोस्याए जस्तो गरी एक एकल नारी गरिब दुःखी महिला माइली तामाङ्ग लामालाई बाच्नु न मर्नु अवस्थामा पु¥याए ।

सर्वाेच्चबाट दुःखी महिला माथि अन्याय गरी पुनरावेदनको दुषित फैसलालाई नै सदर गर्नु भनेको उनले २ करोड ८० लाख जनसमुदाय र कानूनको देवीको धजी उडाएको होइनभन्ने न्याय परिषद र सामाजिक सञ्जालमा व्यापक हुन आएको छ । यी जग्गाको जग्गाधनी हो काठमाण्डौं जिल्ला साविक का.न.पा. वडा नंं.११ बस्ने रघुवर वैद्यको हो र उनले जो जसलाई सुक्रिविक्रि गरेतापनिउनको भागमात्रजाने हो । यहाँ त जोताहाको भाग समेत किर्ते गरी रैकर जग्गालाई पशुपती गुठिमा कसरी परिणत भयो भन्ने तीनचुले वासीको गुनासो हो । रैकर जग्गापशुपती गुठीको पुरानो लगतमा पनि फेला परेको देखिदैन । अर्थात काठमाण्डौं गुठी तहसिल भद्रकालीमा पनि लगतमा प्रस्तुत भएको देखिदैन भने यस्तो सरासर रैकर जग्गामाथिएक दुःखी महिला माथि यस्तो दुषित फैसलागर्ने न्यायधिस श्री चोलेन्द्र शम्शेरज.व.रा.लाई कुन रुपमा लिन्छन, हेर्न बाँकी नै छ ।

यो दुषित फैसला गर्र्नु अघि २०७५।०१।०१ गते नै करौडौंको चलखेल हुँदैछ भनी पिडित महिलालाई सूचना प्राप्तभएको थियो । तर पिडित पक्षको विचार थियो कानूनले आफुलाई नै पाएको छ भनि ढुक्क साथ बसेको बेलामा तिम्रो तर्फ फैसला भएनभन्ने खबर आउने बित्तिकै पिडित महिला हालसम्म पनि शरिरले कामगर्न सकेको छैन । पिडित महिलाको सोचाई थियो आफुलाई नेपाल सरकारको भूमिसुधार शाखा कार्यालय काठमाण्डौंबाट आफु पक्ष फैसला गरेको थियो । हुनत न्यायधिसहरु जनताको सत्रु त होइन । जनताको शत्रु भनेको भष्ट्रचार हो । त्यसकारण पटक पटकहामीले भन्दै आएका छ की न्यायधिसहरुको पनि सम्पती शुद्धिकरण हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । घरमा एक जना चोर छ भने त्यो घरको सबै जनालाई चोरको सज्ञा दिने गर्छन समाजले तर चोर त मात्र एक जना थियो । त्यसकारण न्यायलय सुधारमा आयो भने राष्ट्रमा सुधार हुनेछ नत्र अदालतहरुमापनिहुकुमीशासनहुने हो कीभन्ने जनसमुदायलाई महसुस भएको छ ।

-लामा बौद्ध जागरण केन्द्र कोषाध्यक्षतथा स्तुपा फाउण्डेशन नेपाल, केन्द्रीय सदस्य हुन् । माथी प्रकाशित लेख, लेखको नीजि विचार हो । -सम्पादक