छठपछि सिंहदरबार घेर्ने कर्मचारीको चेतावनी

84

कात्तिक १३
काठमाडौ । सरकारी कार्यालयमा कार्यरत अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीहरुको रोजिरोटी खोसिएको भन्दै आन्दोलन चलिरहेको छ । मंगलबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा कर्मचारीहरुले आफ्नामाग पूरा नभए सिंहदरबारमा जे पनिगर्न सकिने चेतावनी दिएका छन् । ्अखिल नेपाल सरकारी अस्थायी, करार तथाज्यालादारी कर्मचारी श्रमिक संघका संयोजककुमार राउतले आफूहरुको रोजिरोटी नखोस्न सरकारलाई चेतावनीदिए । राउतले २०–२५ वर्षसम्मकाम गरेका कर्मचारीलाई सरकारले तीनमहिनाको तलबदिएर हटाउन लागेको भन्दै आपत्तिजनाए । ३२ हजार कर्मचारीको रोजिरोटी खोसिएकोप्रतिगुनासो गर्दै राउतले छठसम्म माग पूरा नभए सिंहदरबार पस्ने चेतावनीदिए । “छठसम्म माग पूरा नभए सशक्त आन्दोलन गर्छौँ । हामी मर्न पनि तयार छौँ । रोजिरोटी खोसिएका कर्मचारीका परिवारलाई सिंहदरबार छिराउँछौँ ।” राउतले भने । आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोख्रेलले अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीलाई सरकारले नियम र विगतमा भएका सम्झौता अनुसार व्यवस्थापन गर्नु पर्ने बताए । सर्वोच्चले यस्ता कर्मचारी नराख्नआदेश दिएपनि सरकारले पालनानगरेको भन्दै उनले अहिले हटाउन खोज्नु गलतभएको तर्क गरे ।