नयाँ शक्ति पार्टीले दियो सरकारलाई चेतावनी

102

कार्तिक १४,
काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सरकारविरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिएका छन् । संयोजक भट्टराईले भ्रष्टाचार एवम् महिला हत्या, हिंसा, बलात्कार लगायतका घटना नियन्त्रण गर्न नसकेको भन्दै सरकारविरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिएका हुन् । बुधबारबाट काठमाडौंमा सुरु भएको पार्टीको १५ औं संघीय बैठकलाई उद्घाटन गर्दै उनले पूराना शक्तिलाई विस्थापित गरेर मुलुकलाई सही बाटोमा अघि बढाउन पार्टीको बैठकले महत्वपूर्ण निर्णय लिने दावी समेत गरे । बैठकमा संयोजक भट्टराईले पेश गरेको राजनीतिक प्रतिवेदनमा सरकार जनताको अपेक्षा अनुसार काम गर्न असफल भएको उल्लेख गरिएको छ । लोकतन्त्रका मूल्य÷मान्यता विपरितका गतिविधिमा सरकार संलग्न रहेकोे दावी गर्दै नयाँ शक्ति पार्टी, नेपालले त्यसका विरुद्ध आन्दोलनमा सहभागी हुन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेको छ । २ दिनसम्म चल्ने बैठकले पार्टीको भावी नीति तय गर्र्ने नयाँ शक्ति पार्टी, नेपालले जनाएको छ । संयोजक भट्टराईले बैठकमा पार्टीको विगतका कामको समिक्षा हुने पनि जानकारी दिए ।