बुलबुलको ‘खुद्राखुद्री’ गीत सार्वजनिक (भिडियोमा हेर्नुहोस्)

78

कार्तिक १६,
काठमाडौ । ‘बुलबुल’ फिल्मको ‘खुद्राखुद्री’ बोलको पहिलो गीत सार्वजनिक भएको छ । निर्माण टिमले काठमाडौको काठमाडौं मल ,पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्सबाट एकै पटक गीत सार्वजनिक गरेका हुन । गीतमा स्वस्तिमा र मुकुन भुषालले फिचरिङ गरेका छन् । काठमाडौं मलमा दर्शकसँगै स्वस्तिमा र मुकुनले पनि नाचे । फिल्ममा स्वस्तिमा टेम्पो ड्राइभरको भूमिकामा देखिएकी छिन् । गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको छ भने गीतमा शब्द र संगीत कोशिस क्षेत्रीले रहेको छ । गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । भक्तपुरको हेलमेट डाँडामा २५ वटा टेम्पो र एक सय जनाको कोरससहित ४ दिन लगाएर खिचिएको गीतमा १८ लाख खर्च भएको निर्माण टिमको दाबी छ । विनोद पौडेलले निर्देशन गरेको फिल्ममा स्वस्तिमा र मुकुन भुषालसँगै बुद्धि तामाङ ,दिपक क्षेत्री ,लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्जल अधिकारी ,सृष्टि भट्टराई आदिको अभिनय रहेको छ ।