तिहारको स्वागतः भक्तपुरमा यस्तो हुदैं छ तयारी

157

कार्तिक १६,
भक्तपुर । भक्तपुरका प्रजापति समुदायलाई विगतका वर्षमा जस्तै यो वर्षपनि तिहारको लक्ष्मी पुजाको दिन बाल्ने पाला बनाउन सक्रिय छन् । २०७२ सालको भुकम्पले धेरै प्रजापतिहरुको घर भत्कियो । आफ्नो पुरानो थलो भक्तपुर पोटरी स्क्वायर छोडेर अहिले धेरै प्रजापति अन्यत्र नै बस्छन् । तर जिन्दगीमा सबै कुरा दिलाउने उनीहरुको पुरानो पेशा माटोको भाडाँ बनाउने भने निरन्तरता दिएका छन् । आफ्नो जे जस्तो दुःख भएपनि उनीहरु सबै नेपलीको घर उज्यालो बनाउन अहिले दिनरात नभनि माटो पाला बनाउन व्यस्त छन् । विनोद प्रजापति भन्छन् ‘वर्षेनी माग धेरै भएपछि माटोका भाडा एंवम पाला बनाउन अहिले दिनरात लागेका छौ ।’
विभिन्न शुभ कार्यमा समेत प्रयोग हुने माटोको पालाको माग दिपावलीमा भने धेरै हुने गरेको छ ।

विगतमा जस्तै यो वर्षमा माटोको अभाव भएपनि प्रजापतिहरुले हिन्दुहरुले मनाउने उज्यालोको पर्व शुभ दिपावलिको बत्ती बाल्ने पाला बनाउन भने छोडेका छैनन् । भक्तपुरमा माटोका भाडा बनाउँदै आएका यो समुदायलाई तिहारलाई आवश्यक पर्ने माटाको भाडा बनाउन आजभोली भ्याई नभ्याई छ । उनीहरुले सानो पालाको मात्र २ रुपैया ठूलो पालाको ४÷५ रुपैया सम्म लिने गरेका छन् ।
दिपावलीको अवसरमा मैन बाल्ने प्रचलन व्यापक भएपनि विगतका केहि वर्ष यता माटोको पालामा मैन भरेको पाला बाल्ने क्रममा बढेको छ ।

सुरक्षाको दृष्ट्रीकोणले समेत यो पाला उक्तम मानीने गरिन्छ आगोलागी नहुने भएकाले माग बढको जानकारहरु बताउछन् ।
तिहारकोलागि माटोको पाला, भिउँटे, ठेकी, धुपौरो लगायतका माटोका सामाग्रीहरको माग उच्च हुने गरेको छ ।
भक्तपुर नगरको बोलाछें, च्यामासिंह , तालाको पोर्टरी स्क्वायर र मध्यपुरथिमि नगरको नगदेश, बोडे, चपाचो लगायतका स्थानका प्रजापति समुदायका यतिखेर तिहारका लागि आवश्यक पाला लगायतका अन्य सामाग्री व्यस्त छन् ।
मुलुकलाई आत्मनिर्भर बनाउने मुद्धा व्यापक रुममा चलीरहँदा नेपाल भित्र नेपाली कच्चा पदार्थबाट संचालन हुने उस्ता मौलीक उद्योगलाई संरक्षण गर्न राज्यले पहल गर्नु पर्ने देखिन्छ ।