निःसन्तान दम्पतिको कथाः ‘प्रसाद’ प्रोमो ( भिडियो सहित)

170

काठमाडौँ । फिल्म ‘प्रसाद’ को प्रोमो सार्वजनिक भएको छ । दिनेश राउत निर्देशित फिल्ममा निःसन्तान दम्पत्तीले भोग्नु पर्ने पिडालाई प्रस्तुत गरिएको छ । सञ्चारकर्मी सुशिल पौडेलको लेखन रहेको ‘प्रसाद’ मा बिपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत मुख्य भूमिकामा प्रस्तुत भएका छन् । प्रोमोमा पनि यी तीन पात्रबिचको प्रेम र द्धन्द्धलाई देखाइएको छ । प्रोमोमा निश्चल बिपिन र नम्रताको प्रेममा भिलेन बन्न आएका छन् । फिल्म ‘प्रसाद’ मा समावेश ‘लै लै’ गीतलाई रुचाइएको छ भने लोक लयको ‘बनकी चरी’ले पनि ध्यान तान्दैछ । सुभषा थापाको निर्माण रहेको फिल्ममा सुवास भूषालको संगीत रहेको छ भने सिनेम्याटोग्राफी राजेश श्रेष्ठले गरेका छन् । ‘प्रसाद’ मंसिर २१ गतेदेखि प्रदर्शनमा आउँदैछ । -रमाइलोछ