फूलमा आत्मनिर्भर नेपालः तिहारमा स्वदेशी उत्पादनले पुग्ने

180

कार्तिक १७,

काठमाडौं । फ्लोरिकल्चर एशोसियसनले यस वर्षको तिहारका लागि चाहिने आवश्यक पुूल स्वदेशी उत्पादनबाटै पुग्ने जनाएको छ । तिहारमा अध्याधिक प्रयोग हुने गोदावरी, सयपत्री र मखमली फूलको व्यवसायीक उत्पादन बढ्दै गएको भन्दै एशोसियसनले अघिल्लो वर्ष जस्तो यस बर्ष फूल आयात गर्नु नपर्ने दाबी गरेको हो । यद्यपि ग्रामिण तहमा उत्पादन भएका फूललाई बजारसम्म ल्याउने कठिनाईका कारण केही मात्रामा भने आयात गर्नुपर्ने हुनसक्ने एशोसियसनले जनाएको छ । पछिल्ला बर्षमा गोदावरी फूलको व्यवसायीक विकास र विस्तार हुदै गएकाले अब तिहारका लागि आवश्यक फुल स्वदेशी उत्पादनले नै धान्न सक्ने एशोसियसनका उपाध्यक्ष शिव बहादुर खड्काले बताए ।

आर्थिक बर्ष २०७४/७५ मा ११ करोड बराबरको पुष्प तथा पुष्पजन्य बस्तुको आयात भएकोे छ भने २ करोड बढीको निर्यात भएको छ । समग्रमा पुष्प व्यवसायकको बार्षिक बृद्धिदर १० देखि १५५ को हाराहारीमा रहेको एशोसियसनले जनाएको छ ।
पछिल्लो समय ६ सय ९७ पुष्प व्यवसायीले पुष्प व्यवसाय गरिरहेका छन्् भने ४३ जिल्लामा व्यवसायीक पुष्प खेती बिस्तार भइसकेको छ । एसोसियसनले आर्थिक बर्ष २०७४÷७५ मा १ अर्व ८६ करोड बढीको कारोबार भएको जनाएको छ ।
मुलुकभर गरी १ सय ५५ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको छ । पुष्प व्यवसायमा ४३ हजार ५ सय बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएको एसोसियसनले जनाएको छ । -ratopati