अहिंसाको सन्देश दिने अंगुलीमाल किताव विमोचन सम्पन्न

142

-केके मानन्धर
कार्तिक १८,
भक्तपुर । साहित्यकार रामेश्वर भुजुद्वारा लिखित अहिंसाको सन्देश दिने ‘अंगुलीमाल’ नामक बहुभाषी किताव विमोचन गरिएको छ । भक्तपुरको थिमिस्थित शंखधर चोकमा आयोजित एक कार्यक्रमकाबीच कितावलाई विमोचन गरिएको हो । ‘हिंसाको विरुद्ध प्रतिहिंसा होइन भन्ने सन्देश दिन मैले किताव लेखेको हुँ ।’ लेखक भुजुले जनाए । तत्कालीन समयमा सिद्धार्थ गौतम बुद्धले हिंसात्मक आचरणका अंगुलीमाललाई अहिंसाको लागि प्रेरित गर्दै शिष्य बनाएको कथामा आधारित गरेर अंगुलीमाल किताव रचना गरिएको उहाँको दाबी छ । हुनपनि पछिल्लो समय हिंसात्मक बाटोमार्फत संसार जित्ने प्रतिस्पर्धा भइरहेको सन्दर्भमा अंगुलीमाल कितावले शान्ति स्थापनार्थ सन्देश दिने विश्वास गर्न सकिन्छ ।

कार्यक्रममा कितावलाई समालोचन गर्दै नेपाल साहित्य मन्दिरका अध्यक्ष तिलक प्रकाश कायष्थले संसारमा शान्तिपूर्ण वातावरण सिर्जना गर्नुपर्ने औंल्याए । हिंसाले मानव जीवनमा दीर्घकालीन नकारात्मक असर पु¥याउने भएर यसप्रति विकर्षण गराउनेमा कितावले सहयोग गर्ने बताए । नेपाली र नेपालभाषामा लिखित कितावलाई उहाँले अध्यापन गराएका विद्यार्थीहरुको समूहले प्रकाशन गरेका हुन् । प्रकाशन समूहमा ज्ञानकृष्ण श्रेष्ठ, इन्द्रकृष्ण श्रेष्ठ, चन्द्रकृष्ण श्रेष्ठ (गोपाल) तथा लक्ष्मीबहादुर श्रेष्ठ छन् । कार्यक्रममा प्रदेश नं. ३ का सांसद डा. राजेन्द्रमान श्रेष्ठ, मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, प्रा.डा. पुरुषोत्तम लोचन श्रेष्ठ, साहित्यकार नरेन्द्र हाडा, त्रिरत्न शाक्य, धु्रव मधिकर्मी लगायतका साहित्यकार, समाजसेवीहरुको उपस्थित थियो ।