आफु मरेर गएपनि यसरी बचाए ७२ वर्षे वृद्धले दुई जनालाई

195

कार्तिक २०,
भक्तपुर । नेपालमा वर्षेनी एक हजार भन्दा धेरै मानिसको मस्तिष्क मृत्युका कारण हुने गर्दछ ।
सडक दुर्घटना हुदाँ समेत धेरै मानिसहरुको मृत्यु मस्तिष्क मृत्युका कारण हुने गरेको चिकित्सकहरुको भनाई छ ।
यदि समयमै यस्तो कारणले मृत्यु भएका मानिसको अंग अरुमा प्रत्यारोपण गर्न सक्ने वातावरण भएका एक जनाको अंगले आठ जनाको जिवन बचाउन सकिने शहीद धर्मभक्त राष्ट्रिय प्रत्योरोपण केन्द भक्तपुरका प्रमुख डाक्टर पुकारचन्द्र श्रेष्ठले जानकारी दिएका छन् । नेपालमा अंगदान गर्ने परम्परा खासैं नभएपनि दुईवर्षयता यसको सुरुवात भएको डाक्टर श्रेष्ठको भनाई रहेको छ ।
यहिँ कार्तिक १२ गते मस्तिष्क मृत्युपछि निधन भएका सर्लाहीका ७२ वर्षका टेकबहादुर योञ्जनको मृगौलाले दुई जनाले पूर्नजिवन पाएका चिकित्सहरुको भनाई रहेको छ । नवलपरासीको दाउन्नेमा रहेको एक गुम्वामा लामा गुरु रहेका योन्जन आफ्नो घर सर्लाही जादाँ एक्कासी अस्वस्थ भए । त्यसपछि उनको परिवारले उपचारको लागि ललितयुरमा रहेको गणेशमान सिह मेमोररियल अस्पताल पु¥यायो । अस्पताल पुगेको केही समयपछि उनको मृत्यु भयो । उनको ब्रेन हेमेरेजकोकारण मष्तिस्क मृत्यु भएको भनी न्यूरोलोजिष्ट डा. प्रविण श्रेष्ठ र एनेस्थेसियोलोजिष्ट चिकित्सक डा. आरती राई र डा निरज हिराचन गणेशमान सिंह मेमोरियल अस्पताल एण्ड रिर्सच सेन्टरमा घोषणा गरिएको थियो ।

अस्पतालका चिकित्सक डा. हिराचनले विरामीका परिवारलाई मस्तिष्क मृत्यु भएको व्यक्तिले आपूm मरेर गएता पनि अरु व्यक्तिलाई बचाउन सक्ने कुरा बुझाए पछि अङ्गदानदिनको लागि मञ्जुर टेकबहादुरको परिवार जारी भएको थियो ।
अस्पतालका चिकित्सकहरुले मस्तिष्क मृत्यु भएका विरामीको अंगले अन्य विरामीलाई बचाउन सक्ने बताएपछि उनको परिवार सहमत भएको थियो । कामको शिलसिलामा हाल भारतमा बस्दै आएका उनका छोरा मंकर योन्जनले भने ‘बुवाको शरिरको अंगले अन्य दुई जनाले पूर्नजन्म आएकोमा म र मेरो आफन्त सबै जना खुसी छौ । ’
यस्तो कार्य अन्य धेरैले गर्ने हो भने धेरैको जिवनले पूर्नजन्म पाउने उनको भनाई हरेको छ ।
मंकरले कुहिएर जाने, डढेर खरानी हुने अंगहरुको सही सदुपयोग गर्न पाएकोमा खुशी भएका छौं र सबैलाई अंगदान गर्न प्रोत्साहन गरेका छन् ।

उनको परिवारले पीताको मृत्युपछि गरेको अंगदानले एक ४२ वर्ष र ३० वर्षका अर्का एक जना पुरुषले जिवनदान पाएका छन् । उनीहरु मध्ये एक जना वीर र एक जना पोखरामा मृगौलाको उपचार गर्दै आइरहेका थिए ।
नेपालमा कानुनले समेत यसलाई मान्यता दिएपनि जनचेतनाको कमीले अंगदान गर्नेहरुको संख्या निकै कमी रहेको चिकित्सकहरु बताए । मानिसको शरिरमा रहेका मृगौला, फोक्सो, मुटु, प्याक्रियाजलगायतका धेरै अंगहरु मस्तिष्क मृत्युपछि पनि मेडिकल चेकजाँचपछि अन्य मानिसमा प्रत्यारोपण गर्न सकिन्छ । त्यसकालागि शरिरको कुनै अंग काम नलाग्ने भएर उपचार प्रक्रियामा रहेका र अंगदान दिने कोही नभएका वा आफन्तको रक्त समुह नमिलेलाई त्यसरी मृत्यु भएको मानिसको मिल्ने देखिएमा प्रत्यारोपण गर्ने गरिन्छ । शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र भक्तपुरले अंगदान गर्ने परिवार र आवश्यक पहल गर्ने अस्पताललाई सम्मान समेत गरको छ । -ratopati