पर्वतमा आन्तरिक पर्यटकको भीड

198

कार्तिक २२,
पर्वत । तीजपछि तिहार शुरु हुँदासम्म पर्वत कुश्मा क्षेत्रमा आन्तरिक पर्यटकको भीड लागेको छ । कुश्मामा रहेका अग्ला तथा लामा तीन पुल, केबलकार ढाँचाको यान्त्रिक पुल, गुप्तेश्वर गुफा, कालिका मन्दिर, गलेश्वर धाम र पञ्चकोट जाने पर्यटक बढेपछि कुश्माका होटलसमेत भरिभराउ भएका छन् । त्यति मात्र नभएर माटोको शहरका रुपमा परिचित मुस्ताङमा सडक सञ्जालसँग जोडिएसँगै मुक्तिनाथ, लोमान्थाङ, कोरल्ला जाने पर्यटकसमेतका कारण कुश्माका होटल व्यस्त भएका हुन् ।

यहाँ आन्तरिकसँगै भारतीय पर्यटकको घुइँचो लाग्न थालेको छ । धौलागिरि क्षेत्रको प्रवेशद्वार मानिएको कुश्मा बजारमा मुस्ताङ जाने र फर्कने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । मुस्ताङ पोखराबाट हवाई यात्रा गरेर जान सकिने भएपनि यात्रुले उक्त यात्रा जोखिमपूर्ण मान्दै आएका छन् । कुश्मा बजारका होटलहरु तीज लागेसँगै भरिभराउ हुन थालेका हुन् । उपल्लो मुस्ताङ जाने पर्यटकको सङ्ख्यामा पनि पछिल्लो समय निकै बढेको छ । मुस्ताङ जान कुश्मा, बेनी, घाँसा हुँदै जोमसोम जानुपर्ने हुन्छ । मुस्ताङ जानेहरु चिसो मौसम शुरु हुनु अगावै त्यहाँ पुग्न रुचाउँछन् । _Rss