नेपाल प्रहरीसँग अहिले ७८ वठा तालिमप्राप्त कुकुर

77

कात्तिक २५,
काठमाडौं । नेपाल प्रहरीसँग अहिले ७८ वठा तालिमप्राप्त कुकुर छन् । लागु औषध, विफोस्टक पदार्थ लगायत अवैध वस्तु तस्करीदेखि अन्य अपारधमा संलग्न अपराधी पत्ता लगाउन यिनीहरुका सारथि जस्तै हुन् ।

गत असोजमा पोखरामा १० वर्षीया बालिका श्रेया विकको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले २४ घण्टा नबित्दै अभियुक्त पक्राउ गर्यो ।

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणका मुख्य अभियुक्त फेला पार्न नसकेर अलोति बनेको प्रहरीलाई पोखरा प्रकरणले भने केही राहत मिल्यो ।
पोखरामा प्रहरीलाई सफल्ता प्राप्त हुनुमा सारथि थियो कुशल नामको कुकुर ।

जर्मन सेफर्ड जातको कुशलले विकको शरीरका कपडा र हत्यामा प्रयुक्त ढुंगा सुँधेरै घटनामा संलग्न कुसुम पौडेललाई पक्राउ गर्न प्रहरीलाई सयोग मिल्यो ।

चोरी, हत्या, अपहरण, लुटपाट, डकैती आपराधिक घटनामा प्रहरीले कुकुर प्रहयोग गर्दै आएको छ । धेरै घटना पत्ता लगाएकै कारण प्रहरीमा कुकुर स्कुल स्थापना भएको ५० औँ बर्षको दिन कुशलले बेस्ट डग अफ दि इयरको सम्मान समेत पाएको छ ।