परिवारसहित प्रचण्ड र बादल तातोपानी कुण्डमा

168

कार्तिक २६,
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादलले सोमबार परिवारसहित म्याग्दीको तातोपानी पुगेर नुहाएका छन् । नेकपा अध्यक्ष प्रचण्ड र गृहमन्त्री बादलले सँगै तातोपानी कुण्डमा नुहाएको फोटो प्रचण्डको सचिवालयले सार्वजनिक गरेको छ । तस्वीरमा गृहमन्त्री बादलले टोपी लगाएर नुहाइरहेको देख्न सकिन्छ ।
प्रचण्ड पत्नी सीता दाहालको उपचारको क्रममा चिकित्सकको सल्लाहअनुसार उनीहरू परिवारसहित तातोपानी नुहाउन म्याग्दी पुगेका हुन् । प्रचण्डसँगै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि पत्नी नैनकला थापालार्इ लिएर तातोपानी कुण्डमा नुहाउन पुगेको प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्डपत्नी सीतासँगै छोरी गंगा दाहाल र स्वकीय सचिव जोखबहादुर महरा पनि तातोपानी पुगेका छन् । बेनी नगरपालिका-४ मा रहेको प्राकृतिक चिकित्सालयको रुपमा प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्दा छाला, नशा, ग्याष्ट्रिक, बाथ लगायत रोगका बिरामीलाई फाइदा पुग्ने भएकाले मानिसहरु त्यहाँ नुहाउन आउने गरेको कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।