सुस्तायो नेकपा

69

कात्तिक २७,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिए यता नेपाल कम्युनिस्ट पार्टी नेकपा का माथिल्लो तहका छलफल तथा बैठकहरुमा सुस्तता आएको छ ।दसैलगत्तै स्वास्थ्यमा समस्या आएपछि अध्यक्ष ओली केही दिन अस्पतालमा भर्ना भएका थिए ।त्यस यता नेकपाका उच्चस्तरीय छलफल तथा पार्टी गतिविधि सुस्ताएका छन् । नेकपाको तल्लो तहमा एकता नै नटुंगिएकाले तल्लो तहका गतिविधि भने पहिलेदेखि नै सुस्ताएका थिए ।