ललितपुरमा कात्तिक नाच सुरु

188

कात्तिक २७,
काठमाडौं । यो वर्षको कार्तिक नाच सोमबार साँझदेखि ललितपुरको कार्तिक डबलीमा सुरु भएको छ ।३ सय ७८ वर्ष पुरानो साँस्कृतिक महत्व बोकेको कात्तिक नाच मङ्गलबजारस्थित कार्तिक डवलीमा सोमबारबाट सुरु भएको हो । यो नाच १२ दिनसम्म नियमित रुपमा देखाइनेछ । पहिलोपटक पाँच दिन देखाइने गरि सुरु भएको इतिहासमा उल्लेख छ । मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले हरेक वर्ष कार्तिक महिनामा नृसिंह नाचका रूपमा पाटन दरबारको पश्चिममा रहेको डबलीमा देखाउने गरेकाले यसलाई कात्तिक नाच भनिदै आइएको छ । यो नाचमा पछि उनका छोरा श्री निवास मल्लले बाथः प्याँख९लोक नाटक० १० दिन थपेर १५ दिनको पु‍¥याएको मानिन्छ । यसै नाचलाई श्री निवास मल्लका छोरा योगनरेन्द्र मल्लले उषा हरण तथा माधव वानल लीला थपेर कात्तिक महिनाभरि २७ दिन सञ्चालन गरिएको इतिहास छ ।२७ दिनसम्म देखाइने यो नाचमा भिन्न विषयवस्तु तथा भिन्न कथामा आधारित रहेर बेग्लाबेग्लै नाच नदोहो¥याई देखाइन्छ । बिशेष गरि विष्णु पुराणमा आधारित भएर नृत्य गर्दै नाटक मन्चन गरे जसरि भिन्न भिन्न पात्रको प्रस्तुति नै कार्तिक हो । कार्तिक नाचको प्रमुख र बिशेष नाच नृसिंह अबतारमा हिरण्य कश्यपुलाई नृसिंहले बध गरीने नाच यो बर्ष मंसिर ५ गते देखाइने कार्तिक नाच संरक्षण समितिले जनाएको छ ।