जनकपुरमा छठको उल्लास

93

कात्तिक २७,
जनकपुर । मिथिलाञ्चलको महान पर्व छठको मुख्य दिन आज । मिथिलाञ्चलबासीले उल्लासमय वातावरणमा छठ मनाइरहेका छन् भने इनार तलाउ तथा जलाशयहरु बेलुहीझैं सिंगारिएको छ । छठका ब्रतालुहरु विहानैदेखि जनकपुरका मुख्य छठ घाटहरु गंगासागर, धनुषसागर, अंगरजा सर सागर, दशरथ तलाउ, रत्नसागर, रुकमिनी, लवकी पोखरी सहितका पोखरीहरुमा पूजा सामग्री लिएर बसेका छन् ।

ब्रतालुले बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिनेछन् भने भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ सम्पन्न हुनेछ ।
धार्मिक आस्थाका साथै छोराछोरी, नाती नतिना लगायत घरपरिवारको दीर्घायूको कामना सहित चैते छठ मनाउने गरेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ बस्ने वीरेन्द्र कर्णले बताए ।