२० वर्षे सवारीसाधन जोगाउन फेरि चलखेल

64

कात्तिक २८,
काठमाडौं । सरकारले वातावरणमा गम्भीर असर पार्ने पुराना सार्वजनिक सवारीको आयु २० वर्षबाट २५ वर्ष पु¥याउने तयारी गरेको छ । यातायात व्यवस्था विभागका प्राविधिकहरुले लामो अध्ययन गरेर सार्वजनिक सवारीको आयु २० वर्ष तोके पनि त्यसलाई लत्याउँदै यसको सीमा बढाउन लागिएको हो । सरकारले २०७३ देखि काठमाडौं उपत्यकामा र त्यसको १ वर्षपछि देशभर २० वर्ष पुराना सवारी चलाउन नपाईने नियम लागू गरे पनि उपत्यकाबाहिर अझै कार्यान्वयनसमेत भएको छैन ।