प्रवासीलाई मताधिकार दिने विषयमा यस्तो छ, कमल थापाको भनाई

216

कार्तिक २८,
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको आदेश बमोजिम, संविधानको मर्म र भावनाअनुरुप तथा नेपाली नागरिकको अधिकारको रक्षाको निम्ति प्रवासमा रहेका नेपालीहरुको मताधिकार सुरक्षित हुनुपर्ने बताएका छन् ।
पार्टीको प्रवास विभागद्वारा बुधबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले पार्टी संगठनलाई महत्व दिइ उच्च मनोवलका साथ संगठन निर्माणको काममा अगाडि बढ्न कार्यकर्ताहरुलाई आग्रह गरे । पार्टीको बारेमा रहेका विभिन्न भ्रमहरुलाई चिर्दै आत्मविश्वासका साथ देशव्यापी अभियानमा लाग्नुनै अहिलेको मूख्य कार्यभार भएको चर्चा गर्दै अध्यक्ष थापाले हिन्दु राष्ट्र, राजसंस्था र हिन्दुत्वको प्रतिकको रुपमा रहेको ‘गाई’लाई पार्टीले छाड्न नसक्ने स्पष्ट पारे । पार्टी एकताको निमित्त सदैव ढोका खुल्ला रहेको भन्दै लाखौं कार्यकर्ताको भावनाको सम्मान गर्दै आफू र राप्रपा एकताको निमित्त सकारात्मक भएको विचार समेत व्यक्त गरे ।