२२ वर्षे युवक जसले चुम्बन गर्दा जान्छ ज्यान

76

कात्तिक २९,
मानिसहरु आफ्नो पहिलो चुम्बनका लागि उत्साहित र उत्सुक हुन्छन् । तर एक व्यक्ति यस्ता पनि छ जसका लागि चुम्बन गर्नु मृत्युलाई निम्तो दिनुसरह हो ।ब्रिटेनको सरीमा बस्ने ओली वेदरालका लागि उनको एलर्जी एउटा ठूलो समस्या बनेको छ । यसका कारण उनी बाहिर खाना खान सक्दैनन् । साथीहरुसँग छुट्टी मनाउन बाहिर जानुअघि अनेकौं कुरा सोच्नुपर्छ ।यहाँसम्म कि कुनै व्यक्तिसँग व्यक्तिगत सम्बन्ध स्थापित गर्नका लागि उनले निकै सावधानी अपनाउनुपर्छ ।२२ वर्षका ओली वेदराललाई बदामसँग एलर्जी छ ।यो एलर्जीका कारण बाल्यकालमा उनको स्वास्थ्य यति बिग्रिएको थियो उनलाई अस्पतालमा नै भर्ना गर्नुपरेको थियो ।ओलीका अनुसार एलर्जीका कारण उनको थुक यति गाढा भएको थियो कि उनलाई सास फेर्नसमेत समस्या भइरहेको थियो । त्यसबेला देखि उनको जीवनमा ठूलै परिवर्तन आएको छ ।ओली वेदरालले बीबीसी रेडियो वान न्यूजबीटलाई आफ्ना समस्या, एलर्जी र आफ्नो लडाईंबारे जानकारी दिएका छन् ।

जब खाए पिनट बटरः

ओली भन्छन्, ‘पिनट बटर खाएपछि पहिलो पटक अस्पताल जाँदाको अनुभव सबैभन्दा भयानक थियो ।’
आफ्नो शरिरमा के भइरहेको थियो उनलाई थाहा थिएन । तर उनको छाला सुन्निएको थियो र उनी रातो भइरहेका थिए ।
मानिसहरु सोच्ने गर्छन् कि जुन कुराको एलर्जी छ, त्यसलाई खान छोडिदिए स्थिती सामान्य हुन्छ । तर ओलीका लागि यो त्यति सजिलो थिएन ।उनी बदाम खान त छोड्न सक्थे तर कुनै पनि सामानमा यसको अलिकतिको प्रयोगले मात्र पनि उनको ज्यान जान सक्थ्यो ।यहाँसम्म कि उनी कसैलाई चुम्बनसमेत गर्न सक्दैनन् । यदि उनी अगाडि कसैले बदाम खाइरहेका छन् भने पनि त्यो उनका लागि खतरा हुनसक्छ ।ओली भन्छन्, ‘यसकारण मानिसको ज्यानसमेत जान सक्छ । यो एउटा ठूलो जोखिम हो । जसलाई यस्तो एलर्जी छैन उनीहरुले यसको खतराबारे सोच्नसमेत सक्दैनन् । ’‘यदि तपाईंलाई एलर्जी छैन वा तपाईंको कोही आफन्तलाई एलर्जी छैन भने तपाईंका लागि छुट्टीको योजना बनाउनु, विमानमा यात्रा गर्नु वा प्रेमसम्बन्ध स्थापित गर्न निकै सजिलो हुन्छ । तपाईं कुनै समस्याबिना नै यस्तो गर्न सक्नुहुन्छ ।’