नेकपाका नेता–कार्यकर्तालाई नौलो बन्यो पार्टी हेडक्वार्टर

95

कात्तिक २९,
काठमाडौँ । सबैलाई लाग्न सक्छ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा का केन्द्रीय मुख्यालयमा नेता कार्याकर्ताको चहलपहल बाक्लै होला । तर, अवस्था तपाईंले सोचेभन्दा फरक छ । नेकपाका केन्द्रीय कार्यालय दुई स्थानमा छन् तर देशकै ठूलो दल नेकपाका दुवै पार्टी मुख्यालय अहिले सुनसान छन् ।

सामान्यतया सानादेखि ठूला राजनीतिक दलका केन्द्रीय कार्यालयमा नेता कार्याकर्ताको आवातजावत बाक्लो हुने गर्छ । तर, ठूलो दल नेकपाको पार्टी मुख्यालय धुम्बराही र पेरिसडाँडमा भने ठ्याक्कै उल्टो छ । सरकारको नेतृत्व गरेको नेकपाका दुवै पार्टी मुख्यालय भने सुनसान छन् । पार्टी कार्यालयमा न त नेता पुग्ने गरेका छन् न त कार्यकर्ता नै ।

पार्टी एकतापछि नेकपाले केन्द्रीय पार्टी कार्यालय धुम्बाराही रहने निर्णय गरेको थियो । त्यस्तै पेरिसडाँडा पार्टी कार्यालय जनवर्गीय सङ्गठनका केन्द्रीय कार्यालयहरू, विभाग र अन्य आवश्यक कार्यालयहरू रहने निर्णय गरेको थियो । सोही अनुरूप दुवै पार्टी कार्यालयमा शीर्ष नेताहरूको कार्यकक्ष बनेका छन् ।