भक्तपुरमा स्कुटर चोरी गरी भाग्दै गर्दा प्रहरीको फन्दामा

739

मंसिर १,
भक्तपुर । सल्लाघारीमा रहेको मोटर ड्राईभिङ सेन्टरबाट स्कुटर र मोवाईल चोरी गरेर भाग्दैं गर्दा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउँसो रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका वडा नम्बर ५ नामाडी घर भएका बिधुर खड्काले भक्तपुर नगरपालिका वडा नम्बर १ सल्लाघरीमा संचालन गरेको राम भोले मोटर ड्राईभिङ सेन्टरबाट स्कुटर र मोवाईल चोरी भयो ।
खडकाको ड्राईभिङ सेन्टरबाट बा. ५३ प ६५७६ नं.को स्कुटर र मोवाईल थान २ चोरी भएको खबर प्राप्त हुनसाथ तत्काल प्रहरी टोली खटी गई खोजतलास गर्ने क्रममा चोरी गरी भाग्दै गरेको अवस्थामा चोरी भएको स्कुटर र मोवाईल थान २ सहित एक युवा प्रहरीको फन्दामा परे ।

चोरी गरेर भाग्नेक्रममा सिन्धुली घर भई हाल भक्तपुर नगरपालिका वडा नम्बर १ सल्लाघारी बस्ने रबिन थापालाई मध्यपुरथिमि नगरपालिका वडा नम्बर ४ एस.एस. चोकबाट प्रहरीले पक्राउ हो ।
थापालाई महानगरीय प्रहरी वृत्त जगातीमा राखि थप अनुसन्धान कार्य भईरहेको महानगरिय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक रेवती रमण पोखरेलले जानकारी दिएका छन् ।