राजधानीमा विप्लवको जनसभा

131

मंसिर ८,
काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले शनिबर राजधानीको प्रदर्शनीमार्गमा जनसभाको आयोजना गरेको छ । जनसभालाई प्रवक्ता प्रकाण्डलगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जनसभा सुरु हुनुअघि अघि काठमाडौंको बबरमहल, लैनचौर र कालिमाटीबाट निस्किएको जुलुस सहरका विभिन्न स्थान हुँदै कार्यक्रमस्थल सम्म पुगेर सभामा परिणत भएको थियो । पार्टी पुनर्गठन दिवसको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी नेकपा ले आयोजना गरेको सभामा करिब १२ हजारको संख्यामा कार्यकर्ता तथा समर्थक उपस्थित हुने सुरक्षा निकायले आँकलन गरेका छन् ।

कार्यक्रम स्थलको सुरक्षार्थ प्रदर्शनीमार्गमा काठमाडौंका प्रहरी उपरीक्षक ९एसपी०को कमाण्डमा उल्लेख्य संख्यामा नेपाल प्रहरीका सिनियर अफिसरहरु खटिएका छन् । सो पार्टीका नेताहरुलाई केही पहिले राज्यको तर्फबाट व्यापक धरपकड भएको अवस्थामा आजको सभालाई महत्वका साथ हेरिएको छ । अहिले पनि सो पार्टीका महासचिव विप्लव भूमिगत अवस्थामा रहेका छन् । Ratopati