बिरामीलाई २० लाख क्षतिपूर्ति दिन निजामती अस्पताललाई निर्देशन

67

नयाँ पत्रिका दैनिक- मंसिर १३,
काठमाडौं । लडेर घाइते भएका बिरामीको उपचारमा चिकित्सकले लापरबाही गर्दा मस्तिष्कघात भएको भन्दै बिरामीलाई २० लाख रुपैयाँ क्षतिपूर्ति दिन जिल्ला प्रशासन कार्यालय काठमाडौंले निजामती अस्पताललाई निर्देशन दिएको छ । जिल्ला क्षतिपूर्ति समिति र उच्च अदालत पाटनको फैसलाअनुसार क्षतिपूर्ति दिन सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले अस्पताललाई बुधबार पत्राचार गरेका हुन् । गलत औषधि प्रयोगका कारण बिरामी उद्धवसिंह ऐरको मस्तिष्कघात भएको भन्दै उनकी श्रीमती दीपादेवीले जिल्ला क्षतिपूर्ति समितिमा निवेदन दिएकी थिइन् । ३० लाख माग भएकोमा क्षतिपूर्ति समितिले अस्पताल र चिकित्सकलाई दोषी ठहर गरी २० लाख ३६ हजार नौ सय ५६ रुपैयाँ क्षतिपूर्तिको निर्णय गरेको थियो । त्यसउपर अस्पतालले पुनरावेदन गरेकोमा उच्च अदालतले गत ९ असोजमा सोही क्षतिपूर्तिलाई सदर गरेपछि प्रशासनले अस्पताललाई पत्राचार गरेको हो ।

गलत औषधि प्रयोग गरिएको दाबी
२९ पुस ०७३ मा ऐर भर्‍याङबाट लडेर टाउकोमा चोट लागेपछि निजामती अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । टाउकोमा चोट लागेकाले तत्काल सिटिस्क्यान गर्नुपर्ने चिकित्सकको भनाइ थियो । उपचारमा लापरबाहीका कारण नभई बिरामीलाई मधुमेह र उच्च रक्तचाप रहेकाले सोही कारण मस्तिष्कघात भएको दाबी उपचारमा संलग्न चिकित्सकले अदालतमा गरेका थिए ।

……….तपाई यो समाचार पुरा पढनको लागि यहाँ जानुहोस् http://www.nayapatrikadaily.com/2018/11/29/119203/