प्रियंकाको नाम धेरैजना पुरुषसँग जोडिए

193

मंसिर १६,
एजेन्सी । प्रियंका चोपडा र निक जोनास यतिवेला विवाहको माहोलमा रमाइरहेका छन् । बलिउडबाट हलिउडसम्मको यात्रामा प्रियंकाको नाम धेरैजना पुरुषसँग जोडिए भने अमेरिकन गायक निक जोनाससँग पनि धेरैजना महिलाको नाम जोडिएका थिए ।

३५ वर्षीया प्रियंकाको प्रेममा परेका २५ वर्षीय निक अहिले जोधपुरमा विवाह गर्दैछन् । पूर्व प्रेमी र प्रेमिकासँग सम्बन्ध टुटेका यी दुवैको जीवनले नयाँ मोड आएको छ ।

प्रियंकाले र निकको करियर बराबरीमा छ । तर प्रियंकाले निकभन्दा पहिले ६ पुरुषसँग सम्बन्धमा रहेकी थिइन् ।

असीम मर्चेण्ट

प्रियंका करियरको शुरुवातमा असीमसँग जोडिएकी थिइन् । मोडलिङ गरिरहेकी प्रियंकाले जब ‘विश्व सुन्दरी’ को ताज पहिरिइन् तब उनले असीम मर्चेण्टसँग सम्बन्ध तोडिन् ।

प्रियंकासँग सम्बन्ध टुटेपछि असीम पीडामा परे । उनले आफ्नो र प्रियंकाबीचको घटनामा आधारित फिल्म ‘६७ डेन्जु’ बनाउने घोषणा गरेका थिए । तर फिल्मको काम अगाडि बढेन ।

अक्षय कुमार

‘अन्दाज’, ‘मुझसे शादी करोगी’, ‘वक्त – रेस अगेन्स्ट टाइम’ जस्ता फिल्ममा सँगै काम गरेका प्रियंका र अक्षयको जोडी फिल्ममा निकै रुचाइएको थियो । विवाहित अक्षयसँग प्रियंकाको प्रेमको हल्ला चल्न थाल्यो । तर अक्षयकी श्रीमती ट्विङ्कल खन्नाले दुवैलाई टाढा रहन चेतावनी दिएपछि सम्बन्धमा पूर्णविराम लाग्यो ।

हरमन बावेजा

अक्षयपछि उनको जीनवमा हरमन बावेजा आए । फिल्म निर्माता ह्यारी बावेजाका छोरा हरमन बलिउडमा पाइला राख्दै थिए । फिल्म ‘लब स्टोरी २०५०’ मा करीना कपूरसँग खेल्ने भनिएतापनि करीनाले फिल्म छोडिदिइन् भने प्रियंकाले फिल्म खेलिन् । फिल्म खेल्दासम्म उनीहरुको प्रेम पनि झाङ्गिएको थियो तर जब फिल्म फ्लप भयो तब उनीहरुको सम्बन्ध पनि सकियो ।

शाहिद कपूर

उनीहरुको प्रेमको खुलासा हुनुमा ‘इनकम ट्याक्स’ का अधिकारीहरुको हात रहेको थियो । प्रियंकाको घरमा छापा मार्दा शाहिदले ढोका खोलेपछि उनीहरुको रोमान्सको चर्चा भयो ।

शाहरुख खान

शाहरुख आफ्नी श्रीमती गौरीलाई धेरै नै माया गर्छन् । गौरीलाई पाउनको लागि धेरै मेहेनत गरेका शाहरुखको नाम प्रियंकासिवाय कसैसँग जोडिएको छैन । प्रियंकासँग फिल्म गर्दा गर्दै एक अर्कालाई मन पराउँन थालेको कुरा फिल्म निर्देशक करण जोहरसम्म पुगेपछि उनले गौरीलाई साथ दिएर उनीहरुको सम्बन्धको अन्त्य गराइदिए । त्यसपछि शाहरुखले प्रियंकासँग फिल्म खेल्न छोडिदिए ।

टोम हिडलस्टांन

एउटा विशेष पार्टीमा एक अर्काको निकै नजिक देखिएपछि प्रियंका र टोमको नम्बरपनि साटासाट भयो । प्रियंकाले मिडियामा आफू अमेरिकनसँग ‘डेट’ गरिरहेको बताएपछि हल्लाले ठूलो रुप लिएको तर केही समयमा नै सेलायो ।

निक जोनास

जब निकसँग प्रियंकालाई पहिलोपटक देखियो तब सबैको चासो उनीतिर नै केन्द्रित हुन पुग्यो । धेरै वटा कार्यक्रममा एक साथ देखिन थालेका यो जोडी भारत पनि गए । दुवैले एक अर्काको परिवारसँग भेटघाट गरे । र सम्बन्धलाई विवाहमा परिणत गर्न सफल पनि भए ।