संघीयता भनेको घरदैलोमा सरकार होः प्रदेश मन्त्री चुमान

164

-थम्मन थापा
मंसिर १६,
बागलुङ । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले संघियता भनेको जनताको घर दैलोमा सरकार र जनताको सुख दुखमा सहयात्री भएको बताएका छन । मंसिर ९ गते भएको आगोलागी पिडितलाई आज प्रदेश सरकारको तर्फबाट ढोरपाटन नगरपालिका ८ बोबाङमा राहत वितरण कार्यक्रममा यस्तो बताएका हुन । हिजोको व्यवस्था ठिक नभएकोले सहिदको बलिदानीले आज सरकार खोज्न जिल्ला र केन्द्र धाउनु पर्ने बाध्यता हटेको मन्त्री चुमानको भनाई छ । यो सबै उपहार संघियताले दिएको छ । आज स्थानिय तह देखि प्रदेश हुॅदै केन्द्रमा समेत सरकार रहेकोले अब जनताले प्रत्यक्ष अप्रत्यक्ष अनुभुति गर्ने गरि योजनावद्व र क्रमवद्व रुपले विकाले तिव्रता पाउॅछ । अग्नी पिडितलाई दुखको यस घडिमा धैर्य रहन प्रदेश सरकारको तर्फबाट आग्रह गर्दछु । यहॉहरुको साथमा तीनै तहको सरकार छ आवश्यक राहत तथा सहयोग हुन्छ । ढोरपाटन एक महत्वपुर्ण पर्यटकीय गन्तव्य सॅगै हाम्रो सम्पति र पुॅजी हो यसको विकासको निमित्त आवश्यक विकासका पुर्वाधारका खाका प्रदेश सरकारले कोरिसकेको समेत उद्घोष गरे । सरकार र जनप्रतिनिधीलाई विकास र समृद्विमा जनसुदायलाई हातेमालो गर्न आग्रह गरे । अहिले देश नयॉ संरचना र पद्वितीको अभ्यासमा छ विस्तारै विकास हुन्छ निराश नहुनुहोस भन्दै जनतालाई ढुक्क रहन उनले आग्रह समेत गरे ।

त्यस्तै प्रदेश सांसद चन्द्र बुढा मगरले ढोरपाटनलाई महत्वपुर्ण पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सालझण्डी ढोरपाटन सडकको छिट्टै स्तरोन्नति हुने बताएका छन । अग्नी पिडितहरुको दुखमा सहयात्री बन्न प्रदेश सरकार पिडितको आगनीमा उपस्थित भएको उनको भनाई छ । यो क्षेत्र धेरै सम्भावना बोकेको क्षेत्र रहेकोले यहॉका श्रोत र साधनको अधिकतम उपयोग गरि जनता र देशको समृद्विमा सरकार दृढ रहेको सांसद बुढाले बताए । प्रदेश सरकारले ढोरपाटन नवि गाउॅका ३६ घरधुरी अग्नी पिडितलाई रु १० हजारका दरले नगद रु ३ लाख ६० हजार राहत प्रदान गरेको छ । उक्त रकम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमान र प्रदेश सांसद चन्द्र बुढा सागरले संयुक्त रुपमा पिडित परिवारलाई हस्तान्तरण गरेका छन । राहत वितरण कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बागलुङका प्रतिनिधी, ढोरपाटन नगरपालिका वडा नं ८ र ९ का जनप्रतिनिधी, समाजसेवी, नेपाल प्रहरी र पत्रकार लगायतको उपस्थिति रहेको थियो । राहत प्राप्त गरेपछि आफुहरु खुसी भएको अग्नी पिडित डिल बहादुर विकले बताए । त्यस्तै अर्का अग्नी पिडित केसमाया घर्तीले घर निर्माण, लत्ताकपडा एवं कृषिजन्य बिउबिजन उपलब्ध गराई सहयोग गरिदिन सरकार समक्ष अनुरोध गरिन । कार्यक्रम ढोरपाटन नगरपालिका वडा नं ८ का वडा अध्यक्ष नन्दे सुनारको अध्यक्षता, वडा नं ९ का वडा अध्यक्ष हरि बहादुर घर्तीको स्वागत र ईलाका प्रशासन कार्यालय बुर्तिबाङका शाखा अधिकृत नन्दराम भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।