पेट्रोल पम्प सञ्चालकलाई ३ महिना कैद

93

मंसिर १९,
काठमाडौं । गुणस्तर तथा नापतौल विभागले वाराको विजय आयल स्टोरका सञ्चालक सिन्दुदेवीलाई तीन महिना कैद तोकेको छ ।
अनुगमनका क्रममा सफ्टवेयर जोडेर उपभोक्ता ठगेको पुष्टि भएपछि क्षेत्रीय कार्यालयले ३ महिना कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार पम्पलाई कैद सजाय तोकिएको यो पहिलोपटक हो ।
यसअघ स्टान्डर्ड तापतौल ऐन २०१५ अनुसार कम परिणाममा इन्धन बेच्ने पम्पलाई १ हजार रुपैयाँ जरिवाना थियो ।
सरकारले मुलुकी देवानी संहिता ऐन २०७४ गत भदौ १ गतेबाट लागु गरेपछि विभागले पहिलो पटक कैद सजाय तोकेको हो ।