न्यायाधिस चोलेन्द्र शंम्शेर जबराः भित्री परिचय राम काहनी यस्तो

136

-जम्बला लामा, 

नेपालीमा एउटा उखान छ, कुहिएको मकैको बीउले मकै उम्रिदैन । किनभने बिउँ नै कुहिएको छ, जस्तोकी न्याय परिषदबाट त्यस्तै भएको कानूनविद र सर्वसाधरणलाई महसुुस भएको छ । सर्वोच्चको प्रधानन्यायधिसको चोलेन्द्र शंम्शेर ज.व.रा.को नामसिफारिस भएको छ । र एक जना विवादित न्यायधिस दीपक राज जोशीको नाम पनि सिफारीस भएको छ । चोलेन्द्र शंम्शेर ज.व.रा.पनि एक विवादमा रहेको न्यायाधिस हुन भन्ने थाहा हुँदाहुँदैमा पनि न्याय परिषदबाट संवैधानिक परिषदमा नाम पठाएकोमा सम्पूर्ण अदालत, न्यायपरिषद, संवैधानिक परिषद र जनसमुदायको नै अपमान त होइनभन्ने विभिन्न कानुनविद र सामाजिक संजालमा व्यापकभएको छ ।
अर्थात न्यायाधिस चोलेन्द्र शंम्शेर ज.व.रा.ले धेरै ठाउँमा दुषित फैसलाहरु गरेको प्रमाण साथ न्याय परिषद, संवैधानिक परिषदतथा प्रधानमन्त्रीतथा मन्त्रीपरिषदसम्म पनि उजुरी परेको जगजाहेर नै छ ।

अनि उनीमाथी परेको उजुरीको छानवीन नै नगरी उनलाई प्रधानन्यायधि समासिफारिस गर्दा कतै कानुनको न्यायदेवीको नै अपमान त होइन भन्ने कानुनविदहरुले आंकलन गरेका छन् । सरसर्ती हे¥यौ भने न्यायधिसबाट एकजना ८२ वर्षकी बृद्ध महिलाको सर्वस्वनै डुब्ने गरी बौद्ध–६, तीनचुलेको मोहीनामसारी मुद्दामा विचारै नगरी पुनरावेदनको फैसलालाई सदर गरी ठूलो गल्ती गरेकोमा तीनचुलेवासी आक्रोस छन् ।
सर्वोच्च अदालतको इजालसले २०७५ वैशाख ७ गतेको दुषित निर्णय माननीयन्यायधिस श्री चोलेन्द्र शंम्शेर ज.व.रा.माननीयन्यायधिस श्री टंक बहादुर मोक्तानबाट ०७१–ऋक्ष्(१२०८ मुद्दा मोहीनामसारी । काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.६ बौद्ध तीनचुले बस्ने माइलीतामाङ्ग, लामावादीपुनरावेदक।

विरुद्द
काठमाण्डौंजिल्ला का.म.न.पा. वडा नं.६ बौद्ध स्थित शक्तिकार्पेट इन्डष्ट्रिज प्रा.लि.का संचालकभाई आफ्नो हकमा समेत तमदिन श्रेष्ठको छोरा का.जि.का.म.न.पा. वडा नं.६ तीनचुले बस्ने छेतेन ग्यूरमानश्रेष्ठ–––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––१
ऐ.जिल्ला ऐ.म.न.पा. वडा नं.६ बौद्ध तीनचुले बस्ने दोर्जे शेर्पाको छोरा आङदण्डी शेर्पा––––––१
आङदण्डी शेर्पाको पत्नी ऐ.ऐ. बस्ने मिङमा डोमा शेर्पा ––––––––––––––––––––––––––––––––१
टासीलामाको छोरा ऐ.ऐ. बस्ने दोर्जे लामा ––––––––––––––––––––––––––––––––––––––––––१
नोरचुङ शाक्यकी छोरी ऐ.ऐ. बस्ने लक्ष्मीशाक्य ––––––––––––––––––––––––––––––––––––––१
अन्तर्राष्ट्रिय बौद्ध प्रतिष्ठानको तर्फबाट अख्तियार प्राप्तकर्मा सामडुप गुरुङ्ग––––––––––––––––१
श्री पशुपतीनाथअमलकोट कचहरी काठमाडौंजिल्ला म.न.पा. वडा नं.९ देवपतन –––––––––१
श्री पशुपतीनाथ भण्डार तहवीलकार्यालय का.म.न.पा. वडा नं.९ देवपतन––––––––––––––––१

तस्विरः लेखक जम्बला लामा

परापूर्व कालदेखि नै माइली तामाङ्ग लामाको पति तथा ससुरा क्रमशःलालबहादुर तामाङ्ग र आइते सिंह तामाङ्गले जोताहाको तर्फबाट जोत कमोद गर्दै आएको बौद्ध ६ तीनचुले को माथि उल्लेखित विवादित जग्गाहरु कमोद गर्दै आएको लालबहादुर तामाङ्ग र आइते सिंह तामाङ्ग उनीहरुको कालगतिले परलोक भएको हुनाले २०२१ सालमा नै मोही कायम भएको र २ नं. अनुसुचीतथा जोताह अस्थाई निस्सा प्राप्त भइसकेको अवस्थाको जग्गामा भू–माफियाहरुको चलखेलको कारण पिडित पक्षकुनै कतैबाट नै सुनुवाई नभएपछी बाध्यतावस कारण पिडित माइली तामाङ्ग लामा काठमाण्डौं जिल्ला भूमिसुधार कार्यालयमा मोही नामसारीको निवेदन दिएकी थिइन् ।

त्यसपश्चात वषौंबार लागेर अन्तिम २०६९।०४।२३ मा विद्धान भूमिसुधार अधिकारी दिनेश शर्माले सुरु तहदेखि नै दवाव मूलक दवावहरुलाई चिरेर उनले पिडित पक्ष नै मोहीनामसारी फैसला गरेको थियो । त्यसपछी प्रतिवादीपक्षले पुनरावेदन गरेर पुनरावेदनबाट पनि दुषित फैसलागर्ने न्यायाधिस द्धाय नारायण प्रसाद दाहाल र नारायण प्रसाद शर्माले २०७१।०७।०९ मा यस्तो हुनै नसक्ने दुषित फैसला गरी आर्थिकको चलखेलबाट भएको समुदायले आरोप लगाउदै आएका छन् ।

पुनरावेदन फैसलाको नतिजा
फिल्डबुक बाट देखिएको वादी लालबहादुर पिडित पक्षको ससुरा २०३२ सालमा परलोक भएको देखिएका छन् । तत् अवस्थाको कानूनले बुहारी मा मोहीनामसारी हुने व्यवस्था गरेको पनि छैन । माइलीतामाङ्गलामाले विवादितजग्गाकहिल्यै पनिजोतभोग गरेकी छैनन् । यिनै जग्गा समेत सम्वन्धमा गुठी संस्थानको तर्फबाट केशवनाथपौडेलले निर्णय वदर हककायम मुद्दा दिएकोमा म छेतेन ग्यूरमान समेतलाई बुझि अदालतबाट नापनक्साहुँदाको नक्सामुचुल्कामा फिल्डबुकको लालबहादुरको छोरा जयबहादुरको समेत उपस्थिती रहेको र निजले आफु वाआफ्नो परिवारले जग्गाकमाई आएको भन्ननसकेको बाट पनि विवादित जग्गामा विपक्षी माइली तामाङ्गको भोग नभई म छेतेन र मबाट लिने व्यक्तिहरुको भोग रहेको कुरा पुष्टि हुन्छ । वादीले दावीलिएको अन्य जग्गामा समेत वैकुण्ठ प्रसाद श्रेष्ठले खिचोलाहक कायम देखि लुटपिट समेतका विभिन्न मुद्दाहरु दिएको मानिज समेतले मुद्दा हारी अन्तिम रहेको मिसिल समेत मौजुदा हुँदा विवादको जग्गाको जग्गाधनि गुठी संस्थानवा रघुवर वैद्य नभई श्री पशुपतीनाथ जग्गाधनीहुन ।

अर्कोव्यक्तिलाई जग्गाधनि देखाई हालकायम रहेको व्यक्तिको मोहीकायम गराई नामसारी गरी पाउँभन्ने दावीे अनुसार हुने होइन भन्ने समेत व्यहोराको छेतेन ग्यूरमान श्रेष्ठको संयुक्त प्रतिउत्तर पत्र अतः यस्तो अन्धो कानूनबनाउने पुनरावेदनका तत्कालीन न्यायाधिस नारायण दाहाल र नारायण शर्मा माथि कारवाहीहुने की नहुने । यो न्यायपरिषको आफ्नो कानुनीविचार हो ।

उच्चअदालतको निर्णय नै सदर
पिडित पक्ष उच्चअदालतले भूमिसुधारबाट मोहीको नामसारी हककायम गरी दिए भूमिसुधारको पवित्र निर्णयलाई भूमाफिया पक्षनै दुषित फैसला निर्णय भयो भनि पिडित महिला माइली तामाङ्ग लामा सर्वाेच्चमा रिट दर्ता गरी न्याय माग्न गएकोमा उल्टै सर्वोच्चबाट पनि अपमान, दुषित फैसला गरे । आँखामा पट्टी बाधि तराजु समातीन्यायधिसको अघिल्लो भागमा उभ्याएको कानूनको अन्धो देवीलाई नै अपमानहुनेगरी हाल सर्वोच्चको वहालवाला न्यायाधिस श्री चोलोन्द्र शम्शेर ज.व.रा. ले २०७५ साल वैशाख ७ गते रोज ६ मागाई मारी गधापोस्याए जस्तो गरी एक एकल नारी गरिब दुःखी महिला माइली तामाङ्ग लामालाई बाच्नु न मर्नु अवस्थामा पु¥याए ।

सर्वाेच्चबाट दुःखी महिला माथि अन्याय गरी पुनरावेदनको दुषित फैसलालाई नै सदर गर्नु भनेको उनले २ करोड ८० लाख जनसमुदाय र कानूनको देवीको देखिन्छ । यी जग्गाको जग्गा धनी हो काठमाण्डौं जिल्ला साविक का.न.पा. वडा नंं.११ बस्ने रघुवर वैद्यको हो र उनले जो जसलाई सुक्रि विक्रि गरेता पनि उनको भाग मात्र जाने हो । यहाँ त जोताहाको भाग समेत किर्ते गरी रैकर जग्गालाई पशुपती गुठिमा कसरी परिणत भयो भन्ने तीनचुले वासीको गुनासो हो । रैकर जग्गा पशुपती गुठीको पुरानो लगतमापनि फेला परेको देखिदैन । काठमाण्डौं गुठी तहसिल भद्रकालीमा पनि लगतमा प्रस्तुत भएको देखिदैन भने यस्तो सरासर रैकर जग्गामा दुःखी महिलामाथि यस्तो दुषित फैसला गर्ने न्यायधिस श्री चोलेन्द्र शम्शेरज.व.रा.लाई कुन रुपमा लिन्छ, हेर्न बाँकी नै छ । यो दुषित फैसलागर्र्नुअघि २०७५ बैशाख १ गते नै करौडौंको चलखेल हुँदैछ भनी पिडित महिलालाई सूचनाप्राप्तभएको थियो । तर पिडित पक्षको विचार थियो कानूनले आफुलाई नै पाएको छ भनि ढुक्क साथ बसेको बेलामातिम्रो तर्फ फैसला भएन भन्ने खबर आउने बित्तिकै पिडित महिला हाल सम्म पनि शरिरले काम गर्न सकेको छैन । पिडित महिलाको सोचाई थियो आफुलाई नेपाल सरकारको भूमिसुधार शाखा कार्यालय काठमाण्डौंबाट आफु पक्ष फैसला गरेको थियो । हुनत न्यायधिसहरु जनताको सत्रु त होइन । जनताको शत्रु भनेको भष्ट्रचार हो । त्यसकारण पटक पटक हामीले भन्दै आएका छ न्यायधिसहरुको पनि सम्पती शुद्धिकरण हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यसकारण न्यायलय सुधारमा आयो भने राष्ट्रमा सुधार हुनेछ नत्र अदालतहरुमा पनि हुकुमी शासन हुने हो की भन्ने जनसमुदायलाई महसुस भएको छ ।

अतःहालै नामसिफारिस भएको चोलेन्द्र शंम्शेर ज.व.रा.उनी प्रधानन्यायधिसमा योग्यहुने अर्थात देखिने ठाउँ कतै पनि देखिदैन । उनको नाममा विभिन्न पिडित व्यक्तिहरुले विभिन्न ठाउँमा उजुरी गरी सकेको अवस्थामा छ । उनलाई परेको उजुरी १, न्यायपरिषद २, संवैधानिक परिषद ३, राष्ट्रपती कार्यालय शितलनिवास र प्रधानमन्त्रीतथामन्त्री परिषदमा समेत उजुरी दर्ता भएको अवस्थामा यस्तो किसिमको दुषित फैसलागर्ने न्यायधिस राणालाई कसरी प्रधानन्यायधिस बनाउने ? न्याय परिषद, संवैधानिक परिषद, राष्ट्रपती कार्यालय तथामन्त्री परिषदले बेलैमाविचार पु¥याएनभने न्यायपरिषदभित्रअनर्थ हुने धेरै सम्भावना देखेको छ नागरिकले र सुझाव पनि गर्दछु कि हेरी विचार गरी, प्रधानन्यायधिसलाई सिफारीस गर्नु हुनेनै छ । वर्तमान न्यायधिस राणा व्यक्तिगत हिसावले कसैको सत्रु भने होइनन्, मात्रउनले कानुनलाई पन्छाएर आर्थिक प्रलोभनमा परेर विभिन्न किसिमको दुषित फैसलाहरु गरेको देखिन्छ । आवश्यक परेको खण्डमा सबुत प्रमाण समेत पेश गर्नेछु ।

लामाः बौद्ध जागरण केन्द्र कोषाध्यक्ष तथा स्तुपा
फाउण्डेशन नेपाल, केन्द्रीय सदस्य हुन्

                                                         माथी प्रकाशित लेख लेखकको निजी बिचार हो -सम्पादक