कांग्रेसको आर्थिक नीति तयार

147

समाचारपत्र दैनिक- मंसिर २०,
काठमाडौं । नेपाली कांग्रेसले अख्तियार गर्ने आर्थिक नीतिकाबारेमा केन्द्रीय समितिमा छलफल शुरु भएको छ । आर्थिक नीति उच्च उत्पादकत्वमा आधारित दिगो र फराकिलो आर्थिक वृद्धि, समतामूलक लोककल्याणकारी राज्य, रोजगारमुखी युवा–केन्द्रित उद्यमशीलता, सार्थक वित्तीय संघीयता र सदाचारयुक्त आर्थिक सुशासनमा केन्द्रित हुने भएको छ । जारी केन्द्रीय समिति बैठकमा कांग्रेसको समग्र आर्थिक नीतिसम्बन्धी प्रस्ताव पनि पेस भएको छ । मंसिर २८ देखि पुस ३ गतेसम्म हुने महासमिति बैठकमा प्रस्तुत गरिने आर्थिक नीतिसम्बन्धी प्रस्ताव सहमहामन्त्री डा। प्रकाशशरण महतले केन्द्रीय कार्यसमिति बैठकमा पेस गर्नुभएको हो ।

समग्र आर्थिक नीति प्रस्ताव समितिका संयोजक सहमहामन्त्री डा। महतले पेस गर्नुभएको उक्त प्रस्ताव केन्द्रीय समितिले पारित गरेर महासमिति बैठकमा लगिने भएको छ । विधान संशोधन मस्यौदामाथि एक सातादेखि कांग्रेस बैठकमा छलफल भइरहेको छ । अब महासमितिमा प्रस्तुत गरिने राजनैतिक प्रस्ताव पनि केन्द्रीय समितिमा पेस गर्ने तयारी भइरहेको छ । उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा रहेको समितिले राजनीतिक प्रस्ताव तयार पारिरहेको छ ।