स्वास्थ्य स्वयंसेविकालाई सूर्यविनायक नगरपालिकाको सम्मान

246

मंसिर २०,
भक्तपुर । सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरेको छ । नगरक्षेत्रमा लामो समयदेखि सेवा पु¥याउने अवकाशप्राप्त र उत्कृट महिला स्वास्थ्य स्वयंसेविकालाइ नगद, प्रमाणपत्र र दासल्ला सहित सम्मान गरेको हो । पन्ध्रौँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा बुधबार आयोजित स्वयंसेविका सम्मान कार्यक्रममा नगरप्रमुख वासुदेव थापाले अवकाश प्राप्त महिला स्वयंसेविकाका लागि केन्द्रीय सरकारले प्रतिव्यक्ति रु २० हजारका दरले रकम उपलब्ध गराएकामा नगरपालिकाका तर्फबाट पनि प्रतिव्यक्ति रु २० हजार थप गरी वितरण गरेका छन् ।
सो अवसरमा उमेरका कारणले अवकाश प्राप्त हुने मिठु बासु, धन किसी र भगवती खड्कालाई प्रतिव्यक्ति ४० हजार रुपैयाँ सहित सम्मान गरीएको छ ।
त्यसैगरी नगरक्षेत्रमा उत्कृष्ट स्वयंसेवि भूमिका निभाएका ८ जनालाई समेत प्रमाणपत्र, नगद प्रतिव्यक्ती ३ हजार सहित पुरस्कृत गरीएको छ । यसरी सम्मानित हुनेमा क्रमशः राधिका थापा, उमा खत्री, राममाया बस्नेत, इन्दिरा ढुंगेल, यशोदा वाग्ले, देनुका थापा, तारा बस्नेत र रिता कार्की रहेका छन् ।

सो अवसरमा बोल्दै नगरप्रमुख थापाले आफुहरु बोल्ने होइन, काम गरेर देखाउनेतर्फ लागेको बताए । नगरप्रमुख थापाले स्वयम सेविकाबाट नै महिलाहरुले चुलोचौकामा मात्र सिमित नभै बाहिर काम गर्ने सुरुवात भएको हो र उनीहरुले बच्चा जन्मिनु भन्दा अगाडिदेखि आमाको रेखदेख गरेर स्वस्थ बच्चा जन्माउन भूमिका निभाउदैं आएकोमा खुसि व्यक्त गरेका छन् ।
उनले भने ‘थोरै बोल्ने, धेरै काम गर्ने हाम्रो नीति हो, नगरपालिकाले जति सक्छ, यहाँका जनताको हितमा नै काम गर्छ,त्यो भन्दा दाँयाबाँया हुन्न,’ नगरप्रमुख थापाले यसै वर्षदेखि स्वयंसेविकालाई छाता र एकजोर जुत्तासमेत वितरण गरिने घोषणा समेत गरेका छन् ।