बालिकालाई आत्मरक्षा सीप सिकाउँदै सूर्यविनायक नगरपालिका

160

मंसिर २०,
भक्तपुर । सुर्यविनायक नगरपालिकाले देशमा बलात्कार, बालिका हिंसा र दुव्र्यवहारका घटना बढ्दै गएपछि आफ्नो नगर क्षेत्रभित्रका बालिकाहरुलाई आत्मरक्षा सीप प्रदान गरेको छ ।
नगरपालिकाको आर्थिक सहयोगमा सुर्यविनायक नगरस्तरिय बाल कल्याण समिति, गैरसरकारी संस्थाले दुईदिने बालिका सम्मेलनको आयोजना गरि आत्मरक्षा सम्बन्धी सीप प्रदान गरिएको हो ।
नगरपालिकाले आफ्नो १० वटै वडाका ११ देखी १९ बर्ष उमेर समुहका बालिकाहरुको सहभागितामा आत्मरक्षा सीप प्रदान गरि वडाका अन्य बालिकाहरुलाई पनि त्यो सीप र अनुभव प्रदान गर्ने र नगर क्षेत्रमा बालिका तथा किशोरी हिंसा अत्य गर्ने लक्ष्यका साथ कार्यक्रमको आयोजना गरिएको नगरपालिकाका प्रमुख बासुदेव थापाले जानकारी दिएका छन् ।

प्रमुख थापाले नगरपालिकाले महिला, बालबालिका र जेष्ठ नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर बजेट समेत बिनियोजन गरेकाले बालिकाहरुको हकहितमा नगरपालिका सक्रिय भएर कार्य गर्ने बताए ।
नगरपालिकाका प्रमुख वासुदेव थापाले नगर क्षेत्रमा बालिका तथा किशोरीलाई हिंसाबाट जोगाउन र हिंसारहित नगर बनाउने लक्ष्यका साथ आत्मरक्षाको सीप प्रदान गरेको बताए । बालिका सम्मेलनले ९ बुँदे घोषणापत्र एवम् प्रतिबद्धतापत्र पनि जारी गरेको छ । प्रतिबद्धतापत्रमा नगर क्षेत्रका बालिका तथा किशोरीहरुमा हुने सबै प्रकारका यौनजन्य दुव्र्यवहार, हिंसा एवम् विभेद सामाजिक कुसंस्कार र हानिकारक मान्यता भएकाले यस्तो कार्यको नियमन, नियन्त्रण गर्ने लगायतका प्रतिबद्धता गरिएको छ ।