चाँगुनारायण नगरपालिकाकै कार्यलयमा वडा अध्यक्षले यसो गरेपछी

108

मंसिर २०,
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्षले नगरपालिको कार्यालयमा नै प्रमुख प्रशासकिय अधिकृतमाथी अभद्र गरेका छन् । वडा नम्बर ५ का अध्यक्ष जयन्द्र खडकाले आफुले भनेजस्तो नभएपछि टेबुल ठटाउने, भित्तामा हान्ने, ढोकामा हान्ने जस्तो क्रियाकलाप गरेका प्रमुख प्रशासकिय अधिकृत पुण्य प्रसाद लुईटेलले बताए ।
वडाअध्यक्ष खड्काले आफ्नो कार्यकक्षमा नै आएर अभद्र व्यवहार गरेपछि आफु त्यहाँबाट निस्केको उनको भनाई छ ।
खास के भएको आज ? भन्ने हाम्रो प्रश्नमा उनले भने ‘जयन्द्र जी माटो सम्बन्धी कुरा गर्न आउनु भएको थियो, तर मैले नगर कार्यपालिकाको निर्णय विना सिफारिश गर्न मिल्दैन भनेपछि उहाँले त्यस्तो व्यवहार देखाउनु भयो ।
त्यसपछि आफु कार्यालयबाट निस्केर मन्त्रालय गएको समेत उनले बताए ।
यस बिषयमा वडा अध्यक्ष खड्कासंग बुझ्न खोज्दा उनले फोन रिसिभ गरेन, हामीले उनलाई पटक पटक फोन गर्नुका साथै वास्तिविकता बुझ्न एसएमएस समेत गरेका थियौं । उनी स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधी हुन् । उता नगर प्रमुख सोमप्रसाद मिश्रले भने आफु चार नगरपालिकाको बैठकका लागि नगरकोटमा भएकाले घटनाबारे अनविज्ञ रहेको जानकारी दिएका छन् ।
यता नगरपालिकामा कार्यरत अन्य कर्मचारीहरुले विज्ञप्ती निकालेर नै वडा अध्क्षयले ज्यान मार्ने धम्की दिएको भन्दै सम्पूर्ण काम बन्द गर्ने घोषणा गरेका छन् ।
उनीहरुले नीति, कानुन, नियम र कार्यविधी विपरित काम गर्न दबावको फलस्वरुप यो घटना घटेकोले यस्ता गतिविधीले संघीयता कार्यान्वयनमा समेत चुनौती थपिने उल्लेख गरेका छन् । -रातोपाटीबाट