अध्यादेश कार्यान्वयन हुनेमा शंका

94

समाचारपत्र दैनिक- मंसिर २१,
काठमाडौं । लामो समयदेखि कर्मचारीको व्यवस्थापन गर्न नसकेको सरकारले आउदो पुस मसान्तभित्र प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारी व्यवस्थापन गर्ने लक्ष्य अघि सारेको छ । यद्यपि यसको सफल कार्यान्वयनमा हुनेमा निजामती सम्बद्ध विभिन्न कर्मचारी संगठन र कर्मचारीहरुले आशंका व्यक्त गरेका छन् । कर्मचारी समायोजन अध्यादेश मन्त्रिपरिषद्बाट स्वीकृति भएसंगै एक महिनाभित्र कर्मचारी अपुग भएको प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन गरिसक्ने लक्ष्य अघि सारेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । अहिले सो अध्यादेश प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालयमा पठाइएको छ । राष्ट्रपति डा। विद्यादेवी भण्डारीबाट प्रमाणिकरण भएर आएसंगै समायोजन प्रक्रिया शुरु हुने भएको छ ।