५ बर्षीया बालिकाको सामुहिक बलात्कार

148

मंसिर २२,
बुटवल । रुपन्देहीमा ५ बर्षीया बालिकाको सामुहिक बलात्कार भएको छ । गएराती रुपेन्देहीमा ५ बर्षिया बालिका सामुहिक बलात्कारको शिकार भएकी हुन् ।

देवदह नगरपालिका खैरेनी बजारकी दलित समुदायकी ५ बर्षिया बालिकामाथि शुक्रबार राति ६ जना युवाद्धारा सामूहिक बलात्कार भएको हो ।

६ जना मध्ये सामुहिक बलात्कारको आरोपमा गएराती नै प्रहरीले देवदह नगरपालिका–६ का २२ बर्षिय लक्ष्मण बिक र वडा ७ का १८ बर्षिय जीवन खत्रीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक ऋषिराम घर्ति मगरले जानकारी दिए ।

रक्ताश्रावले आशक्त ती वालिकाको लुम्विनी अञ्चल अस्पतालमा उपचार भई रहेको र अहिले उनको होस खुलेर बोल्न थालेको प्रहरी निरीक्षक घर्तिले जानकारी दिए ।

पक्राउ परेका ती दुई जनाले बलात्कार गरेको स्वीकार गरेको र अन्य चार जनाको खोजी कार्य जारी रहेको उनले जानकारी दिए । ती वालिकाकी आमा सुत्केरी भएर माईतीमा बाबुले छोड्न गएकोले एक्लै घरमा रहेको बेला घर नजिकैको टहरोमा लगेर ती युवाहरुले बलात्कार गरेको जनाईएको छ ।