मिस्टर एण्ड मिस मोडर्न-२०७५ सम्पन्न

72

मंसिर २२,
भक्तपुर । मोडर्न स्कुल र कलेजद्वारा आयोजित मिस्टर एण्ड मिस मोडर्न २०७५ सम्पन्न भएको छ ।
प्रतियोगीतामा मिस्टर मोडर्न असिम नेपाल, मिस मोडर्न चाँदनी श्रेष्ठ, मिस्टर मोडर्न ट्यालेन्ट सुमन ढुङ्गेल र मिस मोडर्न ट्यालेन्ट सक्रिती श्रेष्ठ चुनिएका छन् । मिस्टर र मिस मोडर्न कन्टेस्ट २०७५ मा रंगकर्मी एवम् अभिनेता सरोज खनाल, नेपाल आइडल सिजन २ का छैठौं प्रतिस्पर्धी पवन गरी र भारतीय रियालिटी सो सा रे ग म प का ११ औं प्रतिस्पर्धी मेनुका पौडेल सम्मानित भएका छन् । मोडर्न स्कुल र कलेजका संस्थापक बाबुकाजी कसपाल र प्रचार्य अनिल कसपाले उक्त कार्यक्रममा अभिनेता सरोज खनाललाई प्रमाणपत्र र नगद पुरस्कार सहित अभिनन्दन गरियो । यस्तै अहिले भइरहेको भारतको चर्चित टिभी रियालिटी सो सा रे ग म प का एघारौं प्रतिस्पर्धी मेनुका पौडेल र नेपाल आइडल सिजन २ का छैठौं प्रतिस्पर्धी र मोडर्न कलेजबाट कक्षा १२ उतिर्ण गरेका गायक पवन गिरीलाई पनि प्रमाणपत्र सहित सम्मान गरियो ।

यसै अवसर पारेर मोडर्नबाट २०७५ सालको राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ मा प्रथम, दोस्रो र तेस्रो हुनेलाई नगद पुरस्कार, प्रमाणपत्र र मेडलद्वारा पुरस्कृत गरियो भने ए प्ल्स र ए ग्रेड ल्याउने सबै बिद्यार्थीहरूलाई मेडलद्वारा पुरस्कृत गरियो । यसै गरि ट्राभल एण्ड टुरिजममा प्रथम हुने बिद्यार्थीलाई राधेश्याम जोन्छे स्मृति प्रतिस्थापनबाट हरेक वर्ष प्रदान गर्दै आएको नगद दस हजार शिक्षक श्री रिषभ जोन्छेले प्रदान गरेका थिए । प्राचार्य अनिल कसपालले सम्मानित व्यक्तित्वहरूले दिनुभएको योगदानले मातृभूमि नेपालको शिर चुलिएको र उहाँहरूको प्रगति सगरमाथा झै उच्च होस् भनी शुभकामना व्यक्त गरेका छन् ।