राजमार्ग सरसफाईमा मदरल्याण्ड स्कुलको सक्रियता

135

मंसिर २२,
भक्तपुर । सूर्यविनायक नगरपालिकाले अरनिको राजमार्ग सरसफाई अभियानमा मदरल्याण्ड इंग्लिश बोर्डिंग स्कुलले आफ्ना शिक्षकशिक्षिका एवं विद्यार्थीहरुको उल्लेखनीय सहभागिता जनाएको छ । सुन्दर सफा एवं नमूना नगरपालिकाको एक उदाहरण बनाउने उद्देश्यले सुरु गरिएको सरसफाई अभियानमा सरोकार वाला व्यक्तिहरु तथा विभिन्न संघसंस्थाहरुको सहभागिता रहदै आएको छ । सांसद तथा पूर्व उद्योग मन्त्री महेश बस्नेत, सुनपाका मेयर बासुदेव थापा, उपप्रमुख जुना बस्नेत, वडा अध्यक्षहरु लगाएत जनप्रतिनिधीहरु पनि यस अभियानमा निरन्तर लागि राजमार्ग सरसफाईमा हौसला प्रदान गरिरहेका छन् । उक्त कार्यक्रममा बर्सौ देखि राजमार्गलाई नै फोहर फाल्ने स्थानको रुपमा प्रयोग गर्दै आएका हुनाले पनि सुरु सुरुमा व्यवस्थापन गर्न कठिनाई हुने मदरल्याण्ड स्कुलका प्रिन्सिपल संजय खड्को भनाई रहेको छ ।