‘सबैको काङ्ग्रेस, सधैको काङ्ग्रेस’ अभियान सुरु

104

मंसिर २२,
काठमाडौँ । ‘सबैको काङ्ग्रेस, सधैँको काङ्ग्रेस’ अभियानको शुभारम्भ गरिएको छ । नेपाली काङ्ग्रेस नुवाकोटका युवाहरुबाट शुरुआत गरिएको ‘सबैको काङ्ग्रेस, सधैँको काङ्ग्रेस’ अभियानको नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा नेता गुरुङले काङ्ग्रेसलाई पुनर्ताजगी दिनका लागि अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । “काङ्ग्रेसलाई देशव्यापी रुपमा बलियो बनाउनका लागि अभियानले सहयोग पुग्नेछ,” उहाँले भन्नुभयो । नेता गुरुङले बलियो काङ्ग्रेस निर्माणका लागि आफूले काङ्ग्रेसको केन्द्रीय समितिको बैठकमा पटकपटक आवाज उठाउँदै आएको उल्लेख गर्नुभयो । उहाँले देशभरका काङ्ग्रेस कार्यकर्तालाई एक बनाएर आगामी निर्वाचनमा पहिलो पार्टी बनाउन अभियानलाई देशव्यापी लैजान जरुरी रहेको बताउनुभयो । रासस