प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना

156

मंसिर २३,
मोरङ । नेपाली काँग्रेसका नेता डा।शेखर कोइराला र गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् ।
शनिबार मोरङ क्षेत्र नम्बर ३ ले बिराटचौकमा आयोजना गरेको कार्यक्रममा बोल्दै डा।कोइरालाले सरकारका पछिल्ला गतिविधिका कारण प्रधानमन्त्री ओलीले आफ्नो नैतिकता गुमाएको दाबी गरे ।

नैतिकता गुमाइसकेका प्रधानमन्त्रीलाई अब एक मिनेट पनि कुर्सीमा बस्ने अधिकार नरहेको दाबी गर्दै नेता कोइरालाले उनले अब तत्काल राजीनामा दिनुपर्ने बताए ।

केहि दिन अघि एक धार्मिक सस्थाले गरेको विवादास्पद ‘एसिया प्यासिफिक समिट’ का लागि तीन–तीन दिनसम्म प्रधानमन्त्री होटलमा बसेर सरकारको निरिहपन प्रर्दशन गरेको उनले बताए ।

यस्तै अर्का नेता थापाले यो सरकारले अव चार बर्ष काम गर्न सक्ने अवस्था नै नरहेको दावी गरेका छन् । नेकपा नेतृत्वको सरकार एक बर्ष भित्रै धेरै आलोचित भएर असफल सावित भईसकेको उनको दाबी थियो ।