राजा ज्ञानेन्द्रको कुरा नमान्दा मलाई भ्रष्टाचारी बनाइयो

50

मंसिर २३,
कुनैबेला गरिब जनताको मुहार फेर्ने, प्रजातन्त्रको जग बसाउँदै मुलुकको स्वरूप बदल्ने अभियानमा लामबद्ध थिए चिरञ्जीवी वाग्ले । अन्याय र थिचोमिचो रहित, भ्रष्टाचार समाजको निर्माण ः यस्तो आदर्श र निष्ठासहित राजनीतिमा लागेका वाग्लेले पञ्चायती व्यवस्थामा छ वर्ष जेलजीवन बिताए ।

२०४६ को राजनीतिक परिवर्तनपश्चात् २०४८ यता उनी पटक पटक मन्त्री बने । तर, त्यसको एक दशक हाराहारीमै वाग्ले ‘भ्रष्ट र खराब राजनीतिक पात्र’का रूपमा दरिए । अदालतको फैसलाअनुसार वाग्लेले बिगो र जरिवानासहित ४ करोड ६ लाख तिर्नुपर्ने भयो । उनीमाथि अदालतले त्यत्रो विगो जरिवाना गरेको मुलुकको पहिलो भ्रष्टाचारी नेताको ठप्पा लाग्यो । त्यसले उनको सार्वजनिक राजनीतिक जीवन नै सखाप बनाइदियो । त्यसो त वाग्ले आफूलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले षड्यन्त्रपूर्व फसाएको दाबी गर्छन् ।

कुनै जमानाका सदाचारी, प्रतिबद्ध र भ्रष्टाचारविरुद्ध कानुन ल्याउन भूमिका खेल्ने काँग्रेस नेता कसरी भ्रष्टाचारी हुन पुगे रु चिरञ्जीवी वाग्ले कहाँनेर चुके रु प्रस्तुत छ उनै वाग्लेसँग रातोपाटीले नेपाली राजनीतमा मौलाएको भ्रष्टचारबारे गरेको कुराकानी ।

सक्रिय राजनीति गर्दागर्दै निष्कृय बस्नुपरेको छ, कस्तो अनुभव भइरहेको छ ?
पहिले सक्रिय राजनीतिमा थिएँ । अहिले पनि म निष्कृय नै त छैन । केही न केही गरिरहेको नै छु । मैले योबीचमा चारवटा पुस्तक लेखेको छु । ‘बन्धनशालामा खीर’ उपन्यास, ‘बलिदानले बनेको देश’ ऐतिहासिक उपन्यास, ‘उज्यालोतिरको यात्रा’ पुराना कविताहरूको सङ्ग्रह र ‘नेपाली साहित्य मेरो दृष्टि’ समालोचना निकालेको छु । त्यसपछि ‘बहादुर शाह’ नामक ऐतिहासिक उपन्यास प्रेसमा पठाउने तयारी गर्दैछु । ‘स्वाधीनता र भीमसेन’ बहादुर शाह र सुगौली सन्धिलाई समेटेर पुस्तक लेखेको छु । यसबाट पनि म लेख्ने काममा बढी सक्रिय भएको छु भन्दा फरक पर्दैन । आखिर लेखेर सेवा गरे पनि र राजनीति गरे पनि देशकै सेवा गर्ने हो भन्ने लागेर यो काम गर्दैछु । तर, लामो समय राजनीति गरेको मान्छे राजनीति ठीक ढङ्गले गइरहेको छैन भन्ने लाग्यो भने चिन्ता हुने कुरा स्वभाविक हो ।

सक्रिय राजनीतिबाट लेखन र अध्ययनतर्फ डाइभर्ट हुनुभएछ, मुलुकको अहिलेको राजनीति चाहिँ कता गएको देख्नुभएको छ ?
मुलुकमा आन्दोलन भयो । संविधान आयो । मुलुकले बाटो पाइसक्यो, अब राजनीतिक समस्या सकियो, आर्थिक समृद्धितिर लाग्नुपर्छ भनेर सबैले भनेका छन् तर मेरो त्यसमा केही असहमति छ । त्यो भनेको संविधान निर्माणको प्रक्रियामा नै केही मानिसहरू वा पक्षहरू असहमत भएर बाहिरै बसेका छन् । चाहे मधेसको पक्ष वा हिजो माओवादीमा लागेका मोहन वैद्य वा विप्लव समूह नै किन नहुन् रु उनीहरू अलगअलग पार्टी खोलेर बसेकै छन् । उनीहरूले असहमति र असन्तुष्टि जनाइरहेका छन् । यसले राजनीति सहज रूपमा अवतरण भयो भन्ने कुरासँग म सहमत हुन सकिरहेको छैन । अब त्यस्तो नहोस्, खराब परिस्थिति नआओस्, सबै राष्ट्रिय राजनीतिको मूलधारमा आऊन् भन्ने चाहाना राख्ने कुरा स्वाभाविक हो । चाहाना एउटा कुरा हो, यथार्थता अर्को कुरा हो ।

तर विगतको इतिहास हेर्दा जुनसुकै परिवर्तन हुँदा पनि केही असन्तुष्ट बाँकी नै रहेको पाइन्छ । अहिलेको प्रक्रियामा पनि त्यस्तो अवस्था आउनु स्वाभाविक हैन र ?
तपाईंको भनाइमा केही सत्यता त छ । तर, हिन्दुस्तानको संविधान बनाउँदा पनि त्यो अवस्था देखिएको हो । तर पछि विस्तारै सबै मूल प्रवाहमा आए । हाम्रो देशमा पनि त्यस्तै होस् भनेर कल्पना र कामना गर्ने त्यही हो । त्यस्तो भए राम्रै हो, यदि भएन भने मुलुक अप्ठ्यारोमा पर्ने र जनताले दुःख पाउने अवस्था आउन सक्छ भन्ने आशङ्का हो ।

राजनीतिबाहेक आर्थिक सामाजिक अवस्था कस्तो पाउनुभएको छ ?
विगत २०(२२ वर्षको बीचमा केही आर्थिक, सामाजिक परिवर्तन भएका छन् । जनताले केही सुविधाहरू पनि पाएका छन् तर पर्याप्त छैन । हाम्रा कलेजबाट शिक्षित र दीक्षित भएर मानिस निस्कन्छन्, त्यसअनुपातमा देशमै रोजगारी पाउने अवस्था छैन । मानिसलाई रोजगारीको ग्यारेन्टी गर्ने कुरामा धेरै बाँकी छ । तर, २०४६ सालको परिवर्तनसँगै गाउँका जनतामा केही सुविधा र सहुलियत पुगेको छ । सडक, बत्ती, विद्यालय, कलेज खानेपानी, शिक्षा र स्वास्थ्य पनि विस्तार भएको छ ।

तर, २०४६ सालको परिवर्तनपछि धेरै नेताहरू आर्थिक अनियमिततामा पनि मुछिएका छन् । त्यसको एक उदाहरण तपाईं आफैं पनि हो । किन राजनीतिक दलका नेताहरू त्यस्तो अनियमिततामा डुब्ने गरेका होलान् ?

सबैको बारेमा त म के भन्न सक्छु र ? मलाई पनि एउटा अभियोग लगाएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा लगायो । मेरो भनाइ राख्न तपाईंलाई कुनै अप्ठ्यारो हुँदैन भने यो प्रकरणबारे प्रष्ट बताउँछु ।

म र मजस्ता धेरै साथीहरूमाथि लगाएको त्यो अभियोग प्रायोजित थियो । मेरै सन्दर्भमा मलाई मुद्दा लाउने प्रक्रिया सुरु भइसकेपछि अख्तियारले मेरो बयान लियो । बयान लिने क्रममा हामी ४ जना मानिस थियौं । म, अख्तियार प्रमुख सूर्यनाथ उपाध्याय, अख्तियारकै सदस्यसचिव माधवदत्त भट्ट र प्रहरीका एसपी दीपक श्रेष्ठ । बयान सकिएपछि सूर्यनाथ उपाध्यायले भने, ‘तपाईंलाई मुद्दा नलाग्ने रहेछ तर मैले तपाईंलाई मुद्दा नलगाई भा’छैन । तपाईंलाई मुद्दा लगाउनै पर्ने भएकाले म तपाईंका छोरालाई थुन्छु भने । उसले व्यापार गरेको छ, केही नकेही फेला पर्छ, त्यसका आधारमा थुन्छ’ु भने । मैले त्यस्तो पनि हुन्छ भनेर प्रश्न गरँे । उनले ‘हुन्छ’ भने । भयो पनि त्यही । उनले मुद्दा नलाग्ने रहेछ तर लगाउनै पर्ने भएको छ भन्नुको पछाडि म के बुझ्छु भने उनलाई ममाथि मुद्दा लगाउन तत्कालीन राजाले प्रेसर गरे होलान् ।