स्वर्गीय बस्नेत परिवारलाई घुयुप जापान शाखाद्वारा आर्थिक सहयोग

96

मंसिर २४,
बागलुङ । झण्डै दश वर्षसम्म बेपत्ता भई मृत्युवरण गरेका गलकोट नगरपालिका ७ मल्मको एक परिवारलाई आर्थिक सहयोग भएको छ । बागलुङको गलकोट नगरपालिका ७ मल्मका स्वर्गीय जीत बहादुर बस्नेतको परिवारलाई १२ औं दिनको पुण्य तिथीमा सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाको सकृयतामा संकलित रकम रु ६ लाख ३३ हजार ५ सय ८६ हस्तान्तरण गरिएको छ । गलकोट नगरपालिका वडा नं७ का वडा अध्यक्ष तथा घुम्टे युवा परिवारका सल्लाहकार संयोजक सुवेदार टिका बहादुर थापा र घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देश र जापान शाखाका सहसचिव तुलबिर थापाले रकम संयुक्त रुपमा स्वर्गिय बस्नेतको धर्मपत्नी पम्फा बस्नेत र छोरा राम बस्नेतलाई हस्तान्तरण गर्नुभएको हो । रकम हस्तान्तरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले शाखा गठन भएको छोटो समयमै घुम्टे युवा परिवार जापान शाखाले समाजमा हुने हरेक कृयाकलापमा सकृय रुपमा सहभागिता जनाउनु प्रशंसनिय कार्य भएको बताउनु भएको छ । स्वर्गीय बस्नेत झण्डै दश वर्ष बेपत्ता हुनु र त्यस पश्चात मृत्युको खबर आउनु घरपरिवारलाई मात्र नभई सिङगो गाउ समाजलाई नै शोकमा डुबेको बताउदै शोकको घडिलाई शक्तिमा बदल्न घुम्टे युवा परिवार जापान शाखाको भुमिका उल्लेखनिय रहेको उहॉको भनाई छ । आपत विपतमा थौरै भएपनि राहत होस भन्ने उद्येश्यले परिवारको उज्जवल भविष्यको कामना गर्दै जापानमा रहेका शुभेच्छुकले उक्त रकम सहयोग गरेको घुम्टे युवा परिवार जापान शाखाका अध्यक्ष दिल बहादुर थापा रामुले जानकारी दिनुभयो । राहत रकम ग्रहण गर्दै परिवारले सहयोगी संस्था घुम्टे युवा परिवार जापान शाखा र सहयोगदाता सबैमा धन्यवाद ज्ञापन गरेको छ । स्वर्गिय बस्नेतको श्रीमती १ छोरा र १ छोरी रहेका छन । शाखाले स्वर्गीय बस्नेतको निधनको खबर प्राप्त गरेपछि जापानमा आर्थिक संकलन अभियानलाई तिव्र पारिएको जापान शाखाका सचिव दिनेश थापाले बताउनु भयो। वि।सं २०४१ सालमा स्थापना भएको सामाजिक संस्था घुम्टे युवा परिवारले समय समयमा स्थानिय स्तरमा विभिन्न सामाजिक कार्यमा सकृय रहॅदै आएको छ । राहत रकम हस्तान्तरण कार्यक्रम सामाजिक संस्था घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो ।