मृत्यु भएको ६ बर्षपछि मात्रै साउदीबाट शव

76

मंसिर २७,
काठमाडौं मद्रशिला श्रेष्ठ तीन सन्तान माईतीको जिम्मा लगाई साउदी अरब गईन् ।
नेपालबाट जान प्रतिबन्ध रहेकाले उनी भारतको बाटो रोजिन् । यो २०६५ सालको कुरा हो ।
केचनाकवल ६ झापाकी ४८ बर्षीया भद्रशिला साउदी उडेको १० बर्षपछि शुक्रबार मंसिर २१ बाकसमा आईन् ।
छोराहरुले आमाको शव पाउने आशा पनि मारिसकेको थिए । मृत्युको ६ बर्षपछि बल्ल नेपाल ल्याइयो ।
मैले त हार मानिसकेको थिएँ । जिउँदो आमालाई त भेट्न पाएनौँ । मरेकी आमा पनि देख्न नपाईने भो भन्ठानेको थिएँ, छोरा नीरजले भने, ढिलै भए पनि शप पायौँ । मेडिकल रिपोर्टअनुसार भद्रशिलाको मृत्यु २०१३ जनवरी २ मा साउदीको टफालितमा हृदयघातका कारण भएको थियो । जेद्धास्थित नेपाली महावाणिज्यदुतको कार्यालयबाट झन्डै एक हजार किलोमिटर दुरीमा पर्छ टफलित । आमासँग नियमित सम्पर्क दुरीमा पर्छ टफलित । >आमासँग नियमित सम्पर्क थिए । बर्ष डेढ बर्षमा एकपटक फोन आउँथ्थ्यो । उहाँले गएदेखि जम्मा २८ हजार रुपैयाँ पठाउनुभयो, नीरजले भने, हामीले सम्पर्क गर्न खोज्दा फोन लाग्दैनथ्यो । उहाँले फोन गरेपछि मात्रै कुराकानी हुन्थ्यो ।