खुम्वु क्षेत्रमा स्थानीय तहकै संरक्षणमा ठगी धन्दा

163

मंसिर २८,
काठमाडौं । नेपाल सरकार पर्यटन प्रवद्र्धन लागि भन्दै नेपाल भ्रमण वर्ष २०२० मनाउनने तयारीमा छ ।
त्यसको लागि राज्यका सबै निकाय सँग सहकार्य गर्दैछन् तर पर्यटन क्षेत्रको मुख्य गन्तव्य मानिने सोलुखुम्वुको खुम्वु क्षेत्रमा हुने गरेको पर्यटन माथिको ठगी, टे«किङ गाईड र मजदुर माथिको दुव्र्यवहारमा स्थानीय तहकै संरक्षणमा ठगी धन्दा चलिरहेको स्थानीयको आरोप छ । खुम्वु पासाङल्हामु गाउँपलालिकामा रहेको खुम्वु होटेल एशोसियसनको नाममा चेक पोष्ट बनाएर प्रति पर्यटक पाँच सय रुपैयाँ देखि सात सय रुपैयाँ सम्म बाटोमा शुल्क लिने गरेको पाइएकको छ । यसरी लिएको रकम आधा होटेल व्यवसायी र आधा व्यवसायीक अगुवा र गाउँपालिकाका केहि व्यक्तीमा वाँढफाड हुने गरेको स्रोतले जानकारी दिएको छ । गाउँपालिकाको तर्फवाट सो कार्यका लागि वडा नं ४ का वडा अध्यक्ष लक्ष्मण अधिकारीले खुम्वु क्षेत्रका होटेल व्यवसायीहरुलाई काठमाडौंमा भेला गरी यसरी गैरकानुनी रुपमा पैसा उठाउने गरेको एक व्यवसायीले बताए ।

यस बारेमा नयाँ नेपाल न्युजले बुझ्न खोज्दा वडाअध्यक्ष अधिकारी सँग सम्पर्क हुन सकेन । सो गाउँपालिकाका अध्यक्ष निमा दोर्जे शेर्पा सँग कुराकानी गर्दा उनले उक्त कार्यमा गाउँपालिकाको संग्लनता अस्विकार गर्दै लिखित उजुरी परेमा छानविन गरी कार्वाही प्रक्रिया अगाडि बढाउने बताए । नाम्चे, तेङवुजे, प्याङवो, लावजे, गोरकसे लगाएतका १८ स्थानमा खुम्वु क्षेत्रमा जाने पर्यटकहरुलाई शुरुमै पाँच सय देखि सात सय सम्म शुल्क लिने सेवा सुविधाको सम्वन्धमा गुनासो गर्दा ‘गुन्डा’ लगाएर पिट्ने समेत गरेको दुखेसो एक ट्रेकिङ व्यवसायीले गरे ।
पर्यकटका सहयोगी भरीयालाई बस्ने र खाने व्यवस्था समेत भएको उनको भनाई छ ।

साथै आफुहरुमाथी दुव्र्यवहार हुनेहरुको उनीहरुको गुनासो रहेको छ । कतियपले त पर्यटकहरुलाई समेत अभद्र व्यवहार, कुटपिट गर्ने, एकलै गएमा रुम नदिने सम्मका हुने गरेको छ । यसरी गैरकानुनी रुपमा वार्षिक करौडौं रकम ठगी हुदाँ पनि स्थानिय प्रशासनले कार्वाही गर्न नसकेको पिडितहरुले दुखेसो पोखे । यसरी गाउँपालिकाकै जिम्मेवार व्यक्तिको संरक्षणमा विना कुनै कानूनी आधार बाटैमा पर्यटन ठगिदा स्थानिय सरकार मौन हुनुले मिलेमतो मै ठगि धन्दा मौलायको बुझ्न कठिन छैन । होटल एशोसियसनको नाम बाट बाटैमा शुल्क लिदा स्थानीय सरकारले थाहा छैन उजुरी परे बुझेर कार्वाही गछौं भन्नु पानी माथिको ओभानो भएको पीडितहरुको आरोप छ ।

यस सम्वन्धमा सोलुखुम्वु जिल्लाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार राना संग बुझ्दा स्थानीय स्तरमा उजुरी दिन आग्रह गर्दै भने ‘प्रहरीमा उजुरी दिनुहोस हामी समातेर कार्वाही गर्छौ। होटल व्यवसायी संघको नाममा पैंसा ऊठाउनु गैर कानुनी कार्य हो । कानुनी कार्य गर्ने लाई कार्वाही गछौ’ उनले भने यस अघि नै सो कार्य रोक्न निर्देशन दिइसकेका थियौ। यसै बीच राजधानीमा पर्यटन क्षेत्रमा क्र्रियाशिल टे«किङ गाईड तथा सहयोगीहरुले एक वृहत भेलाको आयोजना गरि पर्यटन व्यवसायको नाममा भएको यस्ता ठगी र दुव्र्यवहार विरुद्ध सन्बन्धित निकायहरुमा उजुरी दिने निर्णय गरेका छन् ।