अमेरिकामा पनि असुरक्षित

105

मंसिर २९,
न्युयोर्क — केही समयअघि भर्जिनियाको हेरन्डनस्थित फ्रेक्लिन फार्मको सुनोको ग्यास स्टेसनमा कार्यारत ४० बर्षीया रेशम बजगाइँको हत्या भयो । लुटेराहरुको समहुले टाउकोमा धारिलो हयितार प्रहार गरी बजगाइँको हत्या गरेका थिए । ६ बर्षकी छोरी र श्रीमतीसँगै अमेरिका आएको ९ महिनामै उनको मृत्यु भयो । भर्जिनिया घटनाको महिना दिन नबित्दै ओक्लोहमा राज्यको एक ग्यास स्टेसनमा कार्यरत रचना श्रेष्ठमाथि गोली प्रहार भयो । स्थानीय बाडिज ह्यान्डी मार्ट ग्यास स्टेसनमा दिउँसो सवा १२ बजे काला जातिका एक लुटेरा आएर अन्धाधुन्ध बन्दुक चलाउँदा श्रेष्ठमाथि आठ गोली लाग्यो । पिठ्युँ, पाखुरा, गाला, पेट, कम्मर र मुटुको तल्लो भागमा गोली लागेकी उनी उपचारपछि घर फर्किएकी छिन् । साढे दुइ बर्षको छोरा र श्रीमानसहित् उनी पनि ११ महिनाअघि मात्रै अमेरिका आएकी थिइन् । परिवारको सुनौलो भविष्यको सपना बोकेर अमेरिका हानिएकाहरु हिंसामा परेका उदाहरण धेरै छन्