महिनावारीका बेला यौन सम्बन्ध बनाउनुका सबैभन्दा ठूलो फाइदा

73
मंसिर २९,
साधारणतया कोही पनि स्वस्थ महिलाको महिनावारीका बेला हुने रक्तश्राव तीनदेखि पाँचदिनसम्म रहन्छ । यसले कतिबेला निकै तनाव पनि दिने गर्छ विशेषगरी बाहिर जानुपर्ने अवस्थामा । तर कतिपय अवस्थामा आफ्नो महिनावारीको रक्तश्रावलाई प्राकृतिक रुपमा नै चाँडै समाप्त गर्न सकिन्छ । तर यहाँ जुन तरिकाबारे जानकारी दिइएको छ ती सुरक्षित त छन् तर यसले सबैलाई शत प्रतिशत असर पुर्याउँछ भन्ने छैन । यद्यपी, इमर्जेन्सीका बेला यी तरिका अपनाउन के समस्या ?

महिनावारीका बेला रक्तश्राव चाँडै नै रोक्नका लागि यसो गर्न सकिन्छः

सेक्स गर्नुहोस्ः

हो तपाईंले सही पढ्नुभयो । एक स्वस्थ शरिर तपाईंको शरिरका लागि मात्र राम्रो नभई यसले तपाईंको महिनावारीको रक्तश्राव पनि चाँडै नै रोक्छ । यतिमात्र होइन । तपाईंलाई महिनावारीका बेला अत्यधिक पेट दुख्छ भनेपनि यसले सहयोग गर्नेछ । सेक्सको क्रममा तपाईंको गर्भाशयमा केही संकुचन हुने गर्छ । विशेषगरी तपाईं चरमोत्कर्षमा पुगेका बेला यस्तो हुन्छ । यी संकुचनका कारण रगत एक झट्कामा शरिरबाट बाहिर निस्कन्छ । र तपाईंको महिनावारी चाँडै नै समाप्त हुन्छ ।
लगातार व्यायाम गर्नुहोस्ः
तपाईंलाई व्यायाम गर्न जति नै मन नलागेपनि यदि तपाईं आफ्नो महिनावारीको रक्तश्राव चाँडै रोकियोस् भन्ने चाहनुहुन्छ भने तपाईंले थोरै मेहनत त गर्नैपर्छ । यदि तपाईं दैनिक व्यायाम गर्नुहुन्छ भने यसको असर तपाईंको महिनावारीको साइकलमा पनि पर्छ । तपाईंको रक्तश्राव निकै हल्का हुन्छ, धेरै समयसम्म रक्तश्राव भइराख्दैन । साथै, महिनावरीका बेला पेट दुखाई पनि कम हुन्छ