दुईतिहाईको सरकारविरुद्ध आन्दोलन गर्ने दिन आउँदैछ : अध्यक्ष जबरा

515

मंसिर २९,
काठमाडौं । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबराले सरकारविरुद्ध सडक आन्दोलन गर्ने संकेत गरेका छन् ।
‘दुई तिहाईको सरकारले विकासको लागि एउटा सिन्का पनि भाँचेको छैन । यो सरकारको औचित्य के हो भनेर सोध्ने बेला आइरहेको छ । १० महिने कार्यकाल हेर्ने हो भने सरकारले कुनै काम नगरेको यसै स्पष्ट हुन्छ । सरकारको यस्तो रवैया मुलुकको लागि हितकर छैन,’ अध्यक्ष राणाले भने । ‘त्यसैले तथाकथित दुई तिहाईको सरकार विरुद्ध सडकमा गएर आन्दोलन गर्ने दिन आउँदैछ,’ राणाले भने । राप्रपा प्रजातान्त्रिक सम्वद्ध काठमाडौं–पाँचथर सम्पर्क समितिद्वारा शनिबार आयोजित भेलालाई सम्बोधन गर्दै राणाले राप्रपाहरुबीच जारी एकता प्रयास चाँडै फलदायी हुने आशा समेत व्यक्त गरे ।
सम्पर्क समितिका सभापति जीतबहादुर अगुवाको अध्यक्षता सम्पन्न भेलामा, महामन्त्री राजाराम श्रेष्ठले राष्ट्रवादी प्रजातन्त्रवादी शक्तिहरु एकजुट भएर मुलुकलाई निकास दिनुपर्ने बेला आएको बताए । -raropati