विकास निमार्णका काममा प्रतिस्पर्धा गरौँः मन्त्री बास्कोटा

105

पुस १,
काभ्रे – सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई नेकपा संग विकासमा प्रतिस्पर्धा गर्न आग्रह गर्नुभएको छ । काभ्रेको बेथानचोक गाउँपालिका ढुंखर्कको कृष्ण गोपाल माध्यमिक विद्यालयको ५२ औँ वार्षिक अवसरमा बोल्दै मन्त्री बास्कोटाले देशलाई समृद्ध बनाउन विरोध गरेर होइन संगै संगै विकासको प्रतिस्पर्धाबाट मात्रै सम्भव हुने बताए । शिक्षा, स्वास्थ्य र सञ्चार क्षेत्रको विकासले मात्र राष्ट्र समृद्ध हुने बताउँदै मन्त्री बास्कोटाले अब सबै विद्यालयहरु डिजिटल तथा सुचना तथा प्रविधि मैत्री हुने र ७५३ वटै स्थानीय तहहरुलाई स्मार्ट प्रविधि युक्त बनाउने कुरामा सरकारले काम गरिरहेको बताए । काभ्रेको दक्षिणी भेगमा पर्ने उक्त क्षेत्र मन्त्री बास्कोटाले निर्वाचन क्षेत्र पनि हो । उनले काभ्रेका बेथानचोक, खानीखोला लगायत दक्षिणी भेगको विकासका लागि आफु र सरकार दृढ रहेको र महाभारतको उच्च स्थान नारायणस्थानलाई पर्यटकीय क्षेत्रमा रुपमा विकास गर्न आफुले कुनै कसर बाँकी नराख्ने समेत बताए ।