घरदैलो अभियानको पहिलो दिन १ लाख बढि राजस्व सकलन

180

थम्मन थापा
पुस १,
बागलुङ । गलकोट नगरपालिका वडा नं ७ मा आजबाट सम्पति तथा भुमि कर संकलनको घरदैलो अभियान सुरु गरिएको छ । सुसासनमा टेवा, घरदैलोमा सेवा बन्ने नेपाल सरकारको पुर्व निति अनुरुप गलकोट नगरपालिकाद्वारा सञ्चालित सम्पति तथा भूमिको कर संकलन कार्यलाई जनताकै घरदैलोमा शुभारम्भ गरिएको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले बताउनु भयो । कर बुझाउन करदाताले आफनो घर जग्गाको लालपुर्जा, नागरिकता र त्यसको प्रतिलिपी सहित यस अगाडी बुझाएको करको रसिद लिई आउन सकिने वडा अध्यक्ष थापाले जानकारी दिनुभयो । सामाजिक संस्था घुम्टे युवा परिवारको कार्यालय मल्म सप्ताहघाटमा कर संकलन कार्य सञ्चालन गरिएको छ । आफनो घर जग्गाको सरकारलाई बुझाउनु पर्ने कर अन्तर्गतको यस अभियानको पहिलो दिन वडा नं ७ मल्ममा स्थानियको उत्साहजनक सहभागिता रहेको थियो । आज गलकोट नगरपालिका वडा नं ७ का १ सय २३ घरधुरीले सम्पति तथा भूमि कर तिरेका छन ।

सम्पति तथा भूमि कर घरदैलो सेवा बाट आज पहिलो दिन १ लाख ३० हजार ४ सय ७६ रुपैया राजश्व संकलन भएको वडा सचिव महेन्द्र पौडेलले जानकारी दिनुभयो । पौष ३ गतेसम्म सञ्चालन हुने यस घरदैलो सेवा सहभागी भई कर बुझाएमा ५ प्रतिशत छुट रहेको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो । कर संकलन अभियानको जिल्ला समन्वय समिति बागलुङका सदस्य दल बहादुर थापा र गलकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णराज गौतमले संयुक्त रुपमा स्थानिय लक्ष्मी सार्की र नर बहादुर घर्तीलाई कर बुझाएको रसिद हस्तान्तरण गरि अभियानको शुभारम्भ गर्नुभएको थियो । बिहान १० बजेदेखि कर बुझाउन सकिने वडा कार्यालयले जनाएको छ । सम्पति तथा भूमि कर संकलन अभियान पौष ३ गते सम्म सञ्चालन हुनेछ । आज पहिलो दिन कर बुझाउन छुटेकाहरुले भोली र पर्सी समेत यो सेवा लिन सक्ने गलकोट नगरपालिकाको कार्यालयले जनाएको छ ।