भोलीदेखि त्रिशूली महोत्सव हुने

97

पुस १,
नुवाकोट । नुवाकोटमा त्रिशूली महोत्सव सोमबारदेखि सञ्चालन हुने भएको छ । नुवाकोट, रसुवा र धादिङकै सबैभन्दा पुरानो विद्यालय त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयले सिभिल इञ्जिनीयरिङ कक्षा सञ्चालनका लागि रकम सङ्कलन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।
‘विविध साँस्कृतिक मनोरञ्जनात्मक सस्तो बजार, शिक्षा, कृषि, पर्यटन तथा व्यापार महोत्सव’ भने मूल नाराका साथ गरिने महोत्सवले जिल्लाको आर्थिक, सांस्कृतिक, पर्यटन र ऐतिहासिक पहिचानलाई थप विस्तार गर्न मद्दत पुग्ने आशा गरिएको छ । शिक्षा क्षेत्रको विकासमा योगदान गर्न यति ठूलो महोत्सवको आयोजना गरिएको जिल्लामै यो पहिलो पटक हो । विद्यालयले आवश्यक आर्थिक स्रोत जुटाउन पुस १० गतेसम्म महोत्सव चल्नेछ ।
विदुर नगरपालिका वडा नं १ स्थित सो विद्यालयले शुरु गरेको इञ्जिनीयरिङ विषयको पठनपाठनका लागि आवश्यक रकम जुटाउन महोत्सव आयोजना गर्न लागिएको विद्यालय व्यवस्थापन समतिका अध्यक्ष नवीन्द्रमान प्रधानले बताउनुभयो । विसं २००७ मा स्थापित मावि तत्कालीन पश्चिम १ नं नुवाकोट, धादिङ र रसुवाको पहिलो विद्यालय हो । RSS